• Views
  • FROM MY SIDE

    Voice Of The Voiceless


    Wednesday, February 2, 2011

    सन्दर्भ सहिद दिवश

    के भन्छन जिउँदा शहिद ?

    नेपाल र नेपाली इतिहासले १९९७ सालमा देशका लागि बलिदान दिएका चार सहिदलाई भुलेका छैनन । सहिदको पक्षमा गर्व गर्न लायक बिषय नै यहि हो । तर त्यसभित्र लुकेको तितो यथार्थलाई पहिचान गर्न नसक्नु आम नेपाली, यहाँका राजनीतिक दलहरु र राज्यकै कमजोरी हो, किनभने यथार्थले यहि भनिरहेछ । नेपालको प्रजातान्त्रीक आन्दोलनमा शुक्रराज, धर्मभक्त, गंगालाल, दशरथ चन्दसँगै लागेका ज्यूँदा सहिदलाई सायदै नेपाल वा नेपालीले चिनेका होलान् किनभने उनलाई राज्यले समेत राम्ररी चिन्न सकेकेा छैन । १९९७ सालकै राणाशासविरोधी आन्दोलनमा प्रजा परिषद्मार्फत संगठित भएर लागेका रामहरी शर्मालाई ब्रहृमहत्याको पाप लाग्ने डरले राणाशासकहरुले फाँसि दिन सकेनन् । चारपाटा मुडेर जेल चलान गरिएका शर्मा सात सालमा प्रजातन्त्र आएपछि जेलमुक्त भए । नेपालको प्रजातान्त्रीक आन्दोलनका जिउँदा योद्धा मात्र हैन, जिउँदा साक्षिसमेत रहेका शर्मालाई न त नयाँ नेपालले चिन्न सकेको छ, न त नेपालीले नै । उनले देख्दादेख्दै मुलुकमा अनेक आन्दोलनमा सहिदहरु थपिँदै १३ हजार नाघिसके । सहिदहरु बढेकोमा भन्दा सहिदको परिभाषा परिवर्तन भएकोमा बढि चिन्ता लागेको छ उनलाई । रामहरी शर्मालाई दुख नलागोस् पनि कसरी, सहिदको परिभाषा पहिचानका लागि सरकारले गठन गरेको उच्चस्तरीय आयोगले नै मार्ने र मर्ने दुवै पक्षलाई सहिदको परिभाषामा समेटेको छ । हुन त सहिद परिवारले नै बहिस्कार गरेको प्रश्रति आयोगको प्रतिवेदनलाई कतिसम्म मान्ने भन्ने प्रश्न उठ्न पनि सक्छ । रामहरी शर्मा ज्यँूदा सहिद भएपनि राज्यले आफूलाई केही गरोस् भन्ने आस राखेका छैनन, र राख्दैनन् पनि, किनभने उनका सन्ततिले उनलाई राम्ररी पालेका छन् ।
    तर २०१८ सालमा पञ्चायतविरोधी आन्दोलनमा लागेवापत विरगति पाएका सहिद बलमान मोक्तानकी श्रीमति लक्ष्मिामाया मोक्तानको अवस्था रामहरी शर्माको जस्तो छैन । राज्यले कांग्रेस आन्दोलनमा लागेको भन्दै सर्वस्वसमेत हरण गरेर बलमान मोक्तानलाई जेलमै हत्या गरेपछि सहिदपत्नि बाँच्नकै लागि ५० बर्षदेखि संघर्षरत छिन् । पतिलाई सम्झँदा लक्ष्मिमायाको अहिले पनि गहभरी आँसु छचल्किन्छ । २०४६ सालमा बहुदल आएपनि पञ्चायती शासन ब्यवस्थामा हरण भएको आÏनो सम्पति उनको परिवारले फिर्ता पाउन सकेन । मोदनाथ प्रश्रतिको संयोजकत्वमा रहेको आयोगले पनि अहिले राज्यबाट सहिद परिवारले केही पाउनुपर्छ भन्ने मान्यता राख्दैन । तर सहिदहरुको उचित सम्मान हुनुपर्ने धारणा छ आयोग अध्यक्ष प्रश्रतिको । राज्यले सहिदको नाममा करोडौं रुपैयाँ बाँड्नु कत्तिको उचित छ भन्ने प्रश्न उठिरहेको छ ।
    अशोक दाहाल

    चार सपुतका बारेमा


    सहिद शुक्रराज शास्त्री । शास्त्री विसं १९९७ माघ १० गते राणाशासनबाट झुण्ड्याएर मारिए । १९९३ बाट राणाविरोधी अभियानमा लागेका थिए उनी । तर भारतका महात्मा गान्धीसंग भेट्नु उनको अपराध ठहरियो । त्यसैले नेपाल फर्किएपछि शास्त्रीलाई राणा सरकारले नजरबन्द गर्‍यो । १९९५ माघ १३ गते नजरबन्द तोडेर पनि राणाशासनविरुद्ध उभिने हिम्मत शास्त्रीमा आयो । काठमाडांैंको इन्द्रचोकमा राणाशासनविरुद्ध भएको आमसभामा उनले जनतालाई एकजुट हुन आव्हान गरे । त्यसको लगत्तै समातिएका शास्त्रीलाई राजद्रोहको अभियोगमा तीनबर्षे कैद सुनाइयो । आठवटा मुद्दामा फसाइएका शास्त्रीलाई अन्ततः १९९७ माघ ६ गते दिउासो ११ बजे सर्वस्वसहित फाँसीको सजाय सुनाइयो । त्यसपछि माघ १० गते राती झुण्ड्याएर मारियो शास्त्रीलाई ।
    देश, जनता र प्रजातन्त्रका लागि ज्यान आहुति दिए धर्मभक्त माथेमाले पनि । उनलाई पनि राणाशासनले विसं १९९७ माघ १२ गते सिफलमा फाँसी दिइयो । १९९० सालमा दशरथ चन्दसंग भेट भएपछि प्रजापरिषदका संस्थापक सदस्य भएका थिए धर्मभक्त । व्यायामको राम्रो क्षमतासमेत रहेकाले धर्मभक्तलाई राजा त्रिभुवनले व्यायाम शिक्षकसमेत बनाएका थिए । त्रिभुवनसाग नजिकिएपछि प्रजापरिषदसाग धर्मभक्तको सम्बन्ध रहेको चाल पनि राणाहरुले पाए । पक्राउपछि धर्मभक्तलाई १९९७ माघ १२ गते सिफलमा फाासी दिइयो । राणाशासनविरुद्ध लागेकै अभियोगमा दशरथ चन्दलाई पनि १९९७ माघ १५ गते राणाशासकले गोली हानी हत्या गर्‍यो । १९६० साल असारमा बैतडीको बास्कोटमा जन्मिएका चन्द सहिद माइलाका रुपमा पनि चिनिन्छन । भारतमा महात्मा गान्धीले चलाएको सत्याग्रहमा समेत सहयोगी भएका चन्दले थाइल्याण्ड पुगेर नेपालमा सशस्त्र संघर्ष गर्ने योजना बनाएका थिए । प्रजापरिषदको सदस्य रहेका चन्दले गंगालालसंगै जेल जिबन बिताए । चन्दलाई राणाशासनले शोभा भगवतमिा गोली हानी मृत्युदण्ड दियो ।
    सहिद गंगालाल श्रेष्ठलाई पनि दशरथ चन्दसागै १९९७ माघ १५ गते मृत्युदण्ड दिइयो । त्रिचन्द्र क्याम्पसमा आइएस्सी पढ्दापढ्दै राणाशासनविरोधी अभियानमा लागेका थिए गंगालाल । महावीर स्कुलमा पढाउने गंगालाल १९९५ मा असन र इन्द्रचोकको राणाविरोधी सभामा सहभागी भएका थिए । त्यसबेला पक्राउ परेर छुटेपछि उनी प्रजापरिषदमा रहेर राणाशासनविरोधी अभियान सकि्रय भए । गंगालाललाई कार्तिक २ गते फेरि पक्राउ गरियो । सेन्ट्रल जेलबाट माघ १५ गते गंगालाललाई घरछेउकै बाटो हुँदै विष्णुमति नदीको बगरतिर लगियो र त्यहाा रहेको शोभाभगवतीमा गोली हानी गंगालाललाई मृत्युदण्ड दिइयो । देशका लागि ज्यानको आहुती दिए यी चार महान योद्धाले । नेपालीको स्वतन्त्रताका लागि राणाशासनविरोधी आन्दोलनमा बलिदानी दिए, यी नेपाली सपुतले । उनीहरुले देशका लागि गरेको प्राण आहुतिलाई पनि सरकार र राजनीतिक दलहरुले बर्षमा एकपटक संझिने गरेका छन् । त्यो पनि जिबन त्यागको उपलब्धीसंग जोडेर होइन, मात्रै नामसंग जोडेर ।
    प्रजातन्त्र आएपछि पनि लोकतन्त्र र गणतन्त्रका निम्ति धेरै नेपाली छोराछोरीले जिबन अर्पिए, तानाशाही शासनविरुद्ध संघर्ष गर्ने क्रममा । चाहे २०६२/०६३ को जनआन्दोलनमा शाही सरकारको गोलीमा भूटिने नेपाली हुन् या गणतन्त्र स्थापित गराउन जनयुद्धमा लागेर जिबन अर्पर्ने सपुतहरु हुन्, उनीहरुको सहादत स्मरणीय छ । तर नेपालमा सहिद दिवसका नाममा ४ जना महान् सहिदको नाममात्रै सम्भिmने परम्परा बसाइएको छ अझैपनि । देश र जनताको लागि हाँसेर ज्यान दिनेहरु अरु धेरैको नाम इतिहासका पानामा छापिएको छैन । सम्मानको नाममा जारी रहेको अपमानको यस्तो क्रम अब रोकिनु जरुरी छ ।
    अर्जुन श्रेष्ठ

    बालकृष्ण समपनि राणाकै जासुस ?


    सहिदको खेती गर्नेहरु नै जहाा सहिद दिवसका आयोजक-प्रायोजक हुन्छन, राष्ट्रका सांस्कृतिक नेता-अभिनेता हुन्छन्, त्यहाा पक्कै पनि जिउन गाह्रो हुन्छ । देश र जनताका लागि लड्ने योद्धाहरुलाई फाासीको सजाया दिने र त्यसलाई अनुमोदन गर्ने राजा-महाराजा नै जहाा राष्ट्रपिता कहलिन्छन्, त्यहाा बााच्न साह्रो हुन्छ नै । जहाा गंगालाल, धर्मभक्त, शुक्रराज र दशरथजस्ता क्रान्तिकारीलाई गोली ठोकेर मार्नेहरुका सन्तान दरसन्तान नै देशभक्त, राष्ट्रवादी र लोकतान्त्रिक भइरहन्छन्, त्यहाा जीवन कठिन हुन्छ नै । आफ्नो जीवन समाप्त हुने निश्चित हुादाहुादै पनि मृत्युसामु नडराउने र हिंसात्मक शक्तिसामु नलत्रिने क्रान्तिकारीहरुकै जीवनले भनिरहेको छ, बााच्न जतिसुकै कठिन भए पनि सन्देह र संघर्ष गर्न छाड्नु हुन्न । श्रद्धेय सहिदहरुकै शिक्षाको प्रकाशमा उभिएर हेर्दा जोकोहीको मनमा पनि प्रश्न उठ्छ ः के राजा त्रिभुवन सहिद हुन् ? के त्रिभुवनले पनि गंगालाल, धर्मभक्त, शुक्रराज र दशरथसागै सहादत पाएका थिए ? उनी सहिद हैनन् भने सहिदगेटमा त्रिभुवनको भव्य शालिक किन त ? किन उनको शालिक चारैजना महान् सहिदभन्दा माथि नि ?
    राजा-महाराजाहरु सहिदहरुमाथि पनि आफ्नो प्रभुत्व कायम गर्न खप्पिस हुादारहेछन् । अन्यथा सहिदहरुको शालिकमाथि आफ्नो मुर्ति वा आफ्ना बाबु-बाजेको शालिक ठड्याउन कलाकार र आर्किटेक्चरहरुलाई किन खटाइन्छ ? पक्कै पनि राज्यसत्ताको बल र बुद्धि देखिन्छ, तथाकथित सहिद त्रिभुवनको शालिक भएको सहिदगेटमा । सहिदकै अपमान हुनेगरी ठड्याएको सहिदगेटको टाउकोमै रहेका छन राजा त्रिभुवन । त्रिभुवन उनै राजा थिए, जसले गंगालाल, धर्मभक्त, शुक्रराज र दशरथलाई फाासी दिने र गोली हान्ने सजायामा ल्याप्चे ठोके । त्रिभुवन उनै राजा थिए, जसले जनआन्दोलन बढ्दै गएपछि भारतीय दूतावासमा शरण लिए, जो भारत प्रवासमा जवाहरलाल नेहरुको गुरुयोजनामा भएको दिल्ली सम्झौतापछि राष्ट्रपिता बने ।
    क्रान्तिकारी योद्धाहरुलाई दिइएको मृत्युदण्डको फैसलामा हस्ताक्षर गर्ने राजा त्रिभुवनका दुई पुस्ता र तीन जना राजाले राजतन्त्र चलाए, त्यसैले पनि नेपालीलाई जिउन गाह्रो भएको हो । जुनजुन श्री ३ महाराजाहरुले मृत्युदण्डको फैसला सुनाए, तिनका छोराछोरीसाग नाता गाासेर उनीहरुले पारिवारिक शासनलाई बलियो बनाए, त्यसैले पनि नेपाली जनताले लामो समयसम्म संघर्ष गर्नुपरेको हो । पछिल्ला राजा र राजतन्त्रका एकसेएक मतियारको अनुहार हेर्नुस्, तिनको मुखमा लागेको छ, सहिदको रातो रगतको छिटा । महाराजा जुद्ध शमशेर जबराका पनाति ज्ञानेन्द्र र पनातिनी कोमल अनि खनाति पारस शाहमात्रै हैनन्, पार्टी, प्रशासन, सेना, प्रहरी र अड्डा अदालतमा छन्, रगतले मुछिएका अपराधिका नातागोताहरुको बथान । सबैभन्दा छक्कलाग्दो पक्ष के हो भने सांस्कृतिक क्षेत्रमा सम्राटको पदमा अझै आसीन छन्, ती चार योद्धाको सहादतका लागि जिम्मेवार एक राणा । गंगालाल, धर्मभक्त, शुक्रराज र दशरथलाई फाासीको सजाया दिने राणाकालीन सेनाका एक मेजर अझै सम्राटकै रुपमा स्थापित छ, राजतन्त्र अन्त्य भएपछि पनि । हो, 'नाट्य-सम्राट'का रुपमा घोषणा गरिएका व्यक्ति बालकृष्ण सम पनि हुन्, चार जना क्रान्तिकारीको सहादतका लागि जिम्मेवार सैनिक अधिकारी तथा न्यायिक समितिका सदस्य । बालकृष्ण शमशेर जबरा राणाकालीन सेनाका सामान्य मेजरमात्रै हैनन्, राणाशासनविरुद्ध क्रान्तिको उद्घोष गर्ने वीरहरुविरुद्ध बनाइएको 'केरकार तथा जााचबुझ समिति'का प्रमुख सदस्य थिए ।
    धेरैलाई तीतो लाग्नसक्छ, मेजर बालकृष्ण शमशेर निरंकुश राणाशासनविरुद्ध संघर्ष गर्ने गंगालाल श्रेष्ठ, शुक्रराज शास्त्री, धर्मभक्त माथेमा र दशरथ चन्दलाई केरकार गर्ने र मृत्युदण्डको कठोरतम फैसला गर्नेमध्ये एक थिए भन्दा । डा. राजेश गौतमको 'नेपालको प्रजातान्त्रिक आन्दोलनमा नेपाल प्रजा-परिषद्को भूमिका'का अनुसार सत्य यही हो, जतिसुकै तीतो भए पनि । नेपाल प्रजा-परिषद्को नाममा राजनीतिक संघर्ष गरेका व्यक्तिहरुको बयान लिन र केरकार गरी तथ्य पत्ता लगाउन बालकृष्ण शमशेरको सक्रियता कम थिएन । तत्कालीन प्रधानमन्त्री जुद्ध शमशेरले शंकर शमशेरको नेतृत्वमा बनाएको 'केरकार तथा जााचबुझ समिति'का प्रमुख सदस्य थिए बालकृष्ण शमशेर । उनीहरुकै केरकार र जााचबुझका आधारमा तय गरिएको थियो, कसैलाई फाासी दिने, कसैलाई गोली हानेर मृत्युदण्ड दिने, कसैलाई आजीवन कारबास र सर्वस्वसहित जन्मकैदको सजाया । यस्तो इतिहासले प्रश्न गर्दैछ, अब 'नाट्य-सम्राट' बालकृष्ण समलाई सम्झने कि लोकतन्त्रका लागि लडेका चारजना होनहार युवालाई सहिद बनाउने मेजर बालकृष्ण शमशेरलाई स्मरण गर्ने ? बालकृष्ण सम सहिदको खेतीमा मात्रै हैन, राणाशासनदेखि शाहशासनको बचाउमा समेत डुबेर लागेका थिए । 'नाट्य-सम्राट' बालकृष्ण सम नै 'हाम्रो राजा, हाम्रो देश, प्राणभन्दा प्यारो छ' भन्ने अवधारणा बनाउने बौद्धिक थिंक ट्यांकमध्ये एक थिए । आज सहिदको खेती गर्ने राणा, शाह खलकदेखि अन्य सम्भ्रान्तहरु नै सहिदको पूजाअर्चनामा क्रियाशील छन् । बाली लगाउने देखि बाली काट्नमा समेत सम्भं्रान्त वर्गको सक्रियताले भन्दैछ, नेपाली समाजमा लोकतन्त्रविरोधी सम्भ्रान्त वर्गको आधिपत्य हटेको छैन । यस्तो आधिपत्यविरुद्ध संघर्ष जारी छ, चाहे त्यो संघर्ष जतिसुकै पीडादायी किन नहोस् ।
    राजेन्द्र महर्जन राजनीतिक विश्लेषक

    No comments:

    Post a Comment