• Views
  • FROM MY SIDE

    Voice Of The Voiceless


    Showing posts with label Views. Show all posts
    Showing posts with label Views. Show all posts

    Saturday, February 19, 2011

    प्रजातन्त्र दिवश भन्दा ब्रायन एडम्सको कन्सर्ट प्यारो ?

    Bryan Adams in Nepal
    नेपालमा निरंकुश राणा शासनको अन्त्य भएर प्रजातन्त्रको उदय भएको दिनको सम्झनामा हरेक बर्ष मनाइने प्रजातन्त्र दिवशबारे यो बर्ष भने खासै चर्चा भएन । यसको अर्थ प्रजातनत्रप्रति मानिसहरुको अनास्था भने पक्के थिएन । विश्वविख्यात क्यानेडियन गायक ब्रायन एडम्सले नेपालमा पहिलो पटक गरेको कन्सर्टका कारण शनिबार नेपालका सबै कार्यक्रमहरु छाँयामा परे । एडम्स नेपाल आउने निर्णय सार्वजनिक भएसँगै उनको बारेमा सुनेका हुन् वा उनका गित सुनेका फ्यानहरु कन्सर्टको प्रतिक्षामा थिए ।
    विश्वप्रसिद्ध गीतहरु गाएका एडम्सको प्रस्तुतीबारे युवा बालबालीका देखि बुढापाका सम्मले चासो दिए । जति उनिहरुले प्रजातन्त्र दिवशको बारेमा दिएनन् । नेपाली साचार माध्यममा पनि शनिबार प्रजातन्त्र दिवशका समाचार भन्दा बढि एडम्सकै समाचारहरु छाए । नेपाल पर्यटन बर्ष २०११ सुरु भएको डेढ महिना पछि नेपाल आएका एडम्स संभवत नेपालको पर्यटन बर्षका समेत सबैभन्दा विशिष्ट पाउना बनेको दावी गरिएको छ । अन्तराष्ट्रिय साचार माधयहरुले समेत नेपालले प्रजातन्त्र दिवशमा नयाँ नायक पाएको दावी गरेका छन् । एडम्सको सुरक्षाका लागि मात्र शनिबार राजधानीमा पाँच हजार प्रहरी परिचालन गरिएको थियो ।
    साँझ नपर्दै घरबाट ननिस्कने राजधानीका युवायुवती शनिबार राती १० बजेसम्म राजधानीको रंगशालामै नाचिरहेका थिए ब्रायन एडम्सको कन्सर्टमा । कुनैपनि टेलिभिजन च्यानलहरुले प्रतक्ष प्रशारण नगरेका कारण हजारौं युवायुवती महँगो टिकट किनेर एडम्सको कन्सर्ट हेर्न रंगशाला पुगेका थिए । एडम्सको कन्सर्टका लागि दुई चार र छ हजारका टिकटहरु विकि्र गरिएका थिए । कुनैपनि राष्ट्रिय स्तरको खेल हुँदा जम्मा नभएका दर्शकहरु एडम्सको कन्सर्ट हेर्न शनिबार रंगशालामा जम्मा भएका थिए ।
    साँझ झन्डै आठ बजेबाट गित गाउन सुरु गरेका एडम्सले एक दर्जनको हाराहारीमा आफ्ना चर्चित र नयाँ गितहरुमार्फत फ्यानहरुलाई नचाए । उनले ुसमर अफ सिक्स्टी नाइनु ुएभि्रथिङ आइ डु ुप्लिज फर्गिभ मिु लगायतका गितहरु मार्फत दर्शकहरुलाई दुई घण्टासम्म मनत्रमुग्ध बनाए ।
    ओडिसी नेटवर्क र जेपी इभेन्ट्सको सयुक्त आयोजनामा भएको कन्सर्टमा हजारौं युवायुवती झुमेका थिए । ३५ सदस्यीय टोलीका साथ दिउसो सवा दुई बजे आफ्नै निजी बिमानबाट काठमाण्डौँ आईपुगेका ब्रयायनले सगरमाथाको देशमा आफूले कन्सर्ट गर्न पाउनु गर्वको विषय भएको प्रतिकि्रया दिएका थिए इन्टरनेटको सामाजिकसाजाल ट्विटरमार्फत् । भारतका हैदरवाद र बङगलादेशको राजधानी ढाकामा भएको विश्वकप कि्रकेटको उद्घाटन समारोहमा आफ्नो प्रस्तुती दिएका ब्रायनको एसियामा यो सिजनको अन्तिम प्रस्तुती हो । कन्स्रटमा नेपालका चर्चित ब्याण्डहरु नमस्ते मंगोलियन हर्ट र रविन एण्ड दि न्यु रिभोलुसनले पनि प्रस्तुती दिएका थिए । समय अभावका कारण १९७४ ए डी ब्याण्डले भने प्रस्तुती गर्न पाएन