• Views
  • FROM MY SIDE

    Voice Of The Voiceless


    Thursday, December 30, 2010

    आरक्षबाट थरीथरीका पीडा


    अशोक दाहाल
    कोशी टप्पु पुस
    आफ्ना आमाभन्दा बढी उमेरका वृद्ध महिलाहरुलाई समेत नांगै नचाएर यौनको भोक मेट्नेहरु अरु कोही होइनन् जनावरको सुरक्षाका लागि खटिने सुरक्षाकर्मी हुन् वृद्धाहरुलाई नचाएर जनावरको सुरक्षा गर्ने सुरक्षाकर्मीहरुको जिम्मेवारीमा पर्दैन मानवीय अस्मिता बचाउने जिम्मा त्यसैले कोसी टप्पु बन्यजन्तु आरक्षका सुरक्षाकर्मीहरुले भने आमा सरहका यी महिलाहरुलाई नाङ्गै नाच्न लगाउँछन्


    lgs'Ghsf ;'/IffsdL{n] lbPsf] b'v ;'gfpFb} :yflgo dlxnf


    कस्तो अमानवीय ब्यवहार कस्तो सोच्न पनि नसकिने परपीडन आचरण उमेरले साठी नाघिसकेकी यी महिला एक प्रतिनिधि मात्र हुन् कोसी टप्पु बन्यजन्तु आरक्षबाट पिडित बनेका महिलाहरुको यीनिजस्तै कैयौं महिलालाई पनि बन्यजन्तु आरक्षको सुरक्षामा खटिएका सुरक्षाकर्मीले यस्तै-यस्तै प्रकारका दुब्र्यवहार गर्छन पूर्वि नेपालको सुनसरी सप्तरी उदयपुर जिल्लाको सीमानामा पर्ने कोसी नदिको बीचमा रहेको १७३ वर्ग किलोमिटर क्षेत्रमा फैलिएको कोसी टप्पुबाट एक दुई महिला वा पुरुषमात्र होइन दर्जनभन्दा बढि गाविसहरुका मानिस पिडित बनेका छन् बिभिन्न प्रजातीका लोपोन्मुख चराहरु अर्नाभैंसिलगायतका लोपोन्मुख जनावरको संरक्षणका लागि २०३२ सालमा घोषणाअनुसार सरकारले खटाएका हुन् यी सुरक्षाकर्मीलाई यिनीहरु कोसीटप्पु बन्यजन्तु आरक्ष बन्यजन्तुका संरक्षक बनेपनि आरक्षवरपरका जनताका संरक्षक बन्न सकेनन् यिनीहरुको आँखामा मानिसको मूल्य जनावरको भन्दा कम थियो सायद यी आरक्षका संरक्षकहरु नै स्थानिय बासिन्दाका लागि पिडक बनेका छन् परपीडाको सीमा नै नाघ्नेगरी मध्यवर्ती क्षेत्र अर्थात् बफर जोन घोषणा गरिएको आरक्षवरपरका १७५ वर्ग किलोमिटर क्षेत्रमा बस्ने प्रायः सबै नागरिक कुनै कुनै पिडामा परेकै छन् त्यो पनि सुरक्षाकर्मीबाटै आरक्ष आसपास बस्ने माझि बोटे बाँतरलगायतका आदीवासी नागरिक कैयौं बर्षअघिबाट आरक्षमै भर पर्दै आएका छन् माछा मार्ने निहुरो खोज्ने पटेरबाट बिभिन्न सामग्री बनाउनेबाहेक उनिहरुसँग अरु कुनै आधुनिक सीप औपचारिक स्कुले पढाइनै त्यसैले बन जंगल नभए उनिहरुको बाँच्ने कुनै आधार छैन
    सप्तकोसी नदिमा माछा पालेर जीविका चालउँदै आएका कमलपुर- मलाह बस्तिका विष्णु बहरदारलाई निकुाजका सुरक्षाकर्मीले पटकपटक यातना दिने गरेका छन् निकुन्ज प्रशासनको यातनाबाट आहत भएका माझिहरुमा आफूहले बोलेको कुरा साचार माध्यममा आए सुरक्षाकर्मीले थप यातना दिने डर व्यापक त्यसैले उनिहरु आग्रह गर्छन् कृपया यो कुरा तपाईँहरु नबजाईदिनुहोस्
    कोसी टप्पु मध्यवर्ती क्षेत्रमा साचारकर्मीको टोलि पुग्दा निकुन्ज सुरक्षामा खटिएको नेपाली सेनाको टोलि पनि भेटियो माछा मार्न हिँडेका माझिहरुलाई उनिहरुले रोकीरहेका थिए कारण उनिहरु सबैजनासँग पास थिएन


    lgs'Gh k|j]z kf; b]vfpFb} dflem ;d'bfosf Ps o'jf



    पासबिनै निकुन्ज क्षेत्रमा प्रवेश गर्न सुरक्षाकर्मीले पनि कति दिन दया गर्ने माछा नमारे यी माझिहरुले साँझ कसरी छाक टार्ने निकुन्ज प्रसासनले सबै माझिलाई पास नदिएपछि उनिहरु यस्तै समस्यामा पटक-पटक पर्ने गरेका रहेछन्
    सयौं वर्षदेखि वनजंगलकै आधारमा जीवन गुजार्दै आएका आदीवासीहरुका लागि जीवन निर्वाहको अर्को विकल्प छैन उनिहरु भन्छन् हामीलाई माछा दिँदैनो भने गोली हानेर मारिदेउ
    कमलपुरका मात्रै होइन सप्तरीका बिभिन्न भित्री गाउँहरुमा बस्ने आदीवासी नागरिकले पनि यस्ता कैयन समस्या निकुन्ज प्रसासनबाट भोग्नुपरेको निकुन्जबाट पटेर ल्याएर गुन्द्री बुन्ने लगायतका पेसा गर्दै आएका बाँतर समुदायमा पनि कम समस्या छैन
    यी क्षेत्रमा औपचारिक रुपमा स्कुल-क्याम्पसमा पढेलेखेका आदीवासीको संख्या कम छ । केही पढेलेखेका आदिवासी पनि शहर पसेपछि पुँजी बजारमै हराएका छन् । अन्य क्षेत्रबाट गएका हुनेखानेहरुले त्यस क्षेत्रमा जग्गा किनेर खेती गरेका छन् । तर आदीम कालदेखि त्यही क्षेत्रमा बसोवास गर्दै आएका वास्तवीक आदिवासीहरु भने न त खेती गर्न नै जान्दछन् न उनिहरुसँग जग्गै छ । उनिहरुले आफूले नै बसाएका गाउँका सुकुम्बासी भएका छन् र भएका छन् आÏनै देशमा दोश्रो दर्जाका नागरिक ।
    वन्यजन्तुका संरक्षणका लागि खटिएका सुरक्षाकर्मी पीडक भएको त देखिएकै हो । एकातिर बन्यजन्तु आरक्षले स्थानीय जनतामा दिने पिडा छँदैछ । अर्काेतिर निकुन्जको संरक्षण र रेखदेखका लागि सरकारले खटाएका पदाधीकारी आफैं भक्षक भएका उदाहरणको पनि कमी छैन । एक दुइटामा मात्र होइन देशभरका बन्यजन्तु निकुन्ज र आरक्षमा सरकारबाट नियुक्त वार्डेन नै सर्वेसर्वा हुने ब्यवस्था छ । त्यहाँका न्यायाधिस पनि वार्डेनै हुन् र मालिक पनि वार्डेन नै हुन् । हरेक निकुन्ज र आरक्षमा उपभोक्ता र निकुन्जबीच समन्वयका लागि मध्यवर्ती क्षेत्र ब्यवस्थापन समिति निर्माण गरिएको हुन्छ । त्यसको पदेन सदस्यसचिव हुने गर्छन सम्बन्धित निकुन्ज वा आरक्षका वार्डेन नै । वार्डेनलाई कतिसम्म पनि अधिकार दिइएको छ भने उनले चाहेमा हरेक उपभोक्ता समितिबाट निर्वाचित बनेर मध्यवर्ती क्षेत्र ब्यवस्थापन समितिमा आएका सबै पदाधीकारीसमेत हटाईदिन सक्छन् । त्यसैले उपभोक्ता समितिका पदाधीकारी आÏनो पदको रक्षाका लागि समेत वार्डेनकै चाकडी गर्न बाध्य हुन्छन् । यस्तै घटनाका एक उदाहरण हुन् उपभोक्ता समिति श्रीपुर हरिपुरका अध्यक्ष दयाशंकर झा । कोसी टप्पु बन्यजन्तु आरक्षका वार्डेन अशोक रामसँग कुरो नमिलेपछि उपभोक्ता समितिबाट निकालिएका उनि वार्डेनको दिलखुस गराएपछि पुर्नबहाली भए । त्यसैले उपभोक्ता समितिको मिलेमतोमा वार्डेनले र वार्डेनको मिलेमतोमा उपभोक्ता समितिका पदाधीकारीले केयौं भ्रष्टाचार गरेका प्रमाण हुँदाहुँदै पनि चुपचाप बस्न बाध्य हुन्छन् बन उपभोक्ता समितिका पदाधीकारीहरु ।
    कोसी टप्पु बन्यजन्तु आरक्षभित्र नपसौं साँझबिहानको छाकै नटर्ने पसौं जरिवाना तिर्नूपर्ने । हो आरक्षभित्र स्थानीय जनता र तिनका जनावर पसे भने उनीहरुले जरिवाना लाग्छ । तर कोसी टप्पुवरपरका आदीवासी जनजाती दलित र मुस्लिम परिवारसँग् जरिवाना रकम तिर्नसक्ने आम्दामी छैन । त्यसैले उनिहरु भाँडाकुँडासमेत बेचेर पनि जरिवाना तीर्न विवश छन् । निकुन्जमा अवैध रुपमा प्रवेश गरेको मान्छे पक्राउ परे पाँच सय रुपैयाँदेखि पाँच सय पचास सम्म भैसिको दुई सय गाईको १०० र बाख्रो ५० रुपैयाँ जरिवाना तीर्नुपर्छ ।
    कोसी टप्पुको सुनसरी क्षेत्रमा बाढीले बगाएका कारण गाइबस्तु र बाख्राको चरन छैन । न त काटेर लगाउन कतै हरियोपरियो नै बाँकी छ । चरन छ त कोसी टप्पुमा मात्रै । त्यसैले घरपालुवा जनावर पटकपटक निकुन्जमा प्रवेश गर्छन । उनिहरुका लागि पस्नुको विकल्प पनि छैन ।
    कहिलेकाहीँ निकुन्ज प्रशासन कति हदसम्म क्रुर हुन्छ भने चरनमा गएका स्थानीयका जनावरको हत्या गर्न समेत पछि पर्दैन र सिकार हुन्छन् स्थानीय जनता ।
    दिउँसो गाइबस्तु निकुन्ज प्रवेश गरेको निहुँमा राती आएर स्थानीय महिलाहरुलाई समेत दुब्र्यवहार गर्छन निकुन्जका सुरक्षाकर्मीहरु ।
    महिलालाई बुट र बन्दुकको कुन्दाले हान्नेजस्ता निर्दयी ब्यवहार गर्छन वन र जंगलको सुरक्षामा खटिएका सुरक्षाकर्मीहरु ।
    कोसी टप्पु बन्यजन्तु आरक्षमा मात्र होइन नेपालकै सबैभन्दा ठूलो चितवन राष्ट्रिय निकुन्जमा समेत सुरक्षाकर्मीको दुब्र्यवहार आततायी खालको छ । निकुन्जमा खटिएको नेपाली सेनाका जवानहरुले त्यहाँका माझि महिलालाई बलात्कार गर्नेसम्मको धम्की सहजै दिन्छन् मानौं ती महिलाहरु जनावरभन्दा पनि तुच्छ हुन् ।
    निकुन्जमा माछा मार्न जाने माझि परिवारका नारीहरुलाई अश्लिल शब्दले गाली गर्ने त समान्य नै भइसकेको छ यो क्षेत्रमा पनि । तर यस्तै उत्पीडन लामो समयदेखि चुपचाप सहन बाध्य छन् संगठित र संघर्षशील हुन नसकेका दोस्रो दर्जाका नेपाली नागरिकहरु । अनि तिनकै मौनताको संस्कृतिको फाइदा लुट्छन् जंगल र जनावरको सुरक्षाको ठेक्का दिइएका सैनिक र अन्य सुरक्षाकर्मीहरु ।
    सबै क्षेत्रको कुरा नयाँ संविधानमा समावेश गर्न सकियोस् र सबैका पिडा सम्वन्धित निकायसम्म पुर् याउन सकियोस् भनेर निर्माण गरियो ६ सय एक जनाको जम्बो संविधानसभा । तर बन्यजन्तु आरक्षका पिडित आदीवासिका दुख हेर्ने आँखा र सुन्ने कान त्यसको पनि नभएझै भान भएको छ । कोसी टप्पु बन्यजन्तु आरक्षमा स्थानीय गाइबस्तु प्रवेश गर्नासाथ त्यसका धनीले जरिवाना तीर्नुपर्छ । तर आरक्षका जनावर गाउँ-गाउँमा प्रवेश गरेर जति क्षति गरेपनि त्यसको क्षतिपुर्ति दिने कुनै ब्यवस्था छैन नेपालको कानुनमा ।
    त्यसैले २०२९ सालमा बनेको राष्ट्रिय निकुन्ज तथा बन्यजन्तु संरक्षण ऐन संशोधनको माग उठिरहेकेा छ तर यसको सुनुवाई कतैबाट भएको छैन अहिलेसम्म ।
    कोसी टप्पु मध्यवती क्षेत्रका सुनसरी वा सप्तरी होस् वा चितवन राष्ट्रिय निकुन्ज मध्यवर्ती क्षेत्रका नवलपरासी वा चितवनै किन नहोस् सबै क्षेत्रमा यस्तै एकपक्षीय कानुनका समस्या छन ।

    xflQmsf] cfqmd0faf6 3fOt] k'0f{ axfb'/ dflem, pgn] xfn;Dd Ifltk'lt{ kfPsf 5}gg\ .

    २०३२ सालसम्म अहिलेको कोसी टप्पु बन्यजन्तु आरक्षभित्रै घर थियो सुनसरीको पश्चिम कुशवाहामा बसोवास गरिरहेका गर्ने कैयौं जनताको । तर ३२ सालमा निकुन्ज बनेपछि उनिहरु त्यहाँबाट लखेटिए र आफ्नै देशमा सुकुम्बासी भए । पहिले उनिहरुकै घरबास रहेको क्षेत्रमा निकुन्ज बन्यो र उनीहरु बने घरबारविहीन । निकुन्जबाट हटाइएपछि बाहिरको क्षेत्र फँडानी गरेर बस्ती बसाले ती घरबारविहीनले । तर त्यो गाउँ पनि टाठाबाठाले आÏनो नाममा पास गरिदिए उनीहरु भए फेरि पनि सुकुम्बासीका सुकुम्बासी नै । अहिले निकुन्जदेखि टाठाबाठासम्मले दिएका पीडा सहेर बसिरहेका छन् आफ्नो घरबार नभएका आफ्नो राज्य नभएका अनागरिकहरु ।

    हरेक निकुन्ज वा आरक्षमा राजस्वबापत संकलन भएको रकमको ३० देखि ५० प्रतिशत रकम मध्यवर्ती क्षेत्रमा आयमुलक कार्यक्रम चेतनामूलक कार्यक्रम र प्रशासनिक खर्च र विकासमा प्रयोग हुनुपर्ने ब्यवस्था छ । तर कोसी टप्पु बन्यजन्तु आरक्षले यो बाध्यात्मक ब्यवस्थालाई पनि लागू गरेको छैन किनभने मध्यवर्ती क्षेत्रका मानिसको मूल्य जनावरको भन्दा कम छ । ४ बर्षयता कोसी टप्पुमा १८ लाख राजस्व संकलन भएपनि अझैसम्म त्यो रकम कहाँ राखिएको छ भन्ने पत्तो उपभोक्तालाई छैन । सरकार र आरक्षलाई थाहा हुनुपर्छ मध्यवर्ती क्षेत्रका जनतालाई आदिम अवस्थमा राखेर आरक्षको विकास सम्भव छैन ।
    कोसी टप्पु बन्यजन्तु आरक्षमा मात्रै होइन नेपालका सबै आरक्ष र निकुन्ज संरक्षणका लागि स्थानीयबासीमा चेतना विकास र अधिकारको आवश्यकता छ । आरक्ष र निकुन्जवरपर बासोवास गर्ने जनताले संरक्षण गरेमात्र वनजंगल र जनवारको संरक्षण संभव छ । तर उनिहरुलाई निकुन्ज र आरक्षणले उल्टै दुख पिडा र यातना दिँदै बस्यो भने आरक्ष र आरक्षका संरक्षणकर्ताप्रति जनतामा घृणा पैदा हुनसक्छ । विकास र अधिकार कोसीवरपरका माझिहरुको गुनासो पनि त्यही छ । उनिहरुले त्यस क्षेत्रमा हुने माछाका भूराहरुको संरक्षणका लागि हरसंभव प्रयास गर्छन ।
    तर नाफाका लागि जे पनि गर्नै तस्करहरुले नदि र पोखरीमा हाल्ने बिषले त्यस क्षेत्रमा भएका सबै प्राणीको अस्तित्वै समाप्त पार्छ । यस्ता नाफाखोररुमाथि कारबाही र वास्तविक संरक्षणकता जनताका विचास र अधिकारको संरक्षणका लागि सरकार र सरोकारवाला निकायले विशेष ध्यान पुर् याउनु आवश्यक छ ।

    Friday, September 24, 2010

    रोइरहेछ ऐतिहासीक सिन्धुलीगढी, संरक्षणको अभावमा

    अशोक दाहाल
    सिन्धुलीगढि घुमेर हेर्दा सुन्तलीमाई कतिमा राम्रो दर्बार आजकालको जोवानहेरौ सुन्तलीमाई कस्तोपोहोला घर्बार मार् योनी मायाँले मार् यो……………
    माथिका यि लोकपृय गितका हरफहरु सुन्दा जो कोहीलाई पनि ऐतिहाँसिक तथा पर्यटकिय स्थल सिन्धुली गढीदरबार लोकगाएक कृष्ण विक्रम र तन्नेरी उमेरमा आफूलाई मन पर्ने कुनै केटी सुन्तलीमाइ को झझल्को आउनु स्वभावीकै हो ।
    स्रोर बसे्र उमेरमा र एक युगमा तन्नेरी गढीदरबार र कृष्ण विक्रम थापा को स्थितिका बारेमा कतिलाई अत्तो होला कतिाई नहोला पनि । तर इतिहास पढेका हरेक नागरिकलाई यी हरफले ऐतिहासिक सिन्धुलीगढी दरवारको अवस्थालाई सम्झाएर झस्काइदिन सक्छ ।
    मध्यमान्चल विकास क्षेत्रमा पर्ने जनकपुर अन्चलको पहाडी जिल्ला सिन्धुलीको पुरानो जिल्ला सदरमुकाम हो- गढीदरवार । महाभारत पर्वत श्रृंखलासंगै आफ्नो बासस्थान बनाएको यो गढी दरवार जलकन्या गा।वि।स २ अन्तरगत पर्दछ । यो गढी दरबारको स्थापना कहिले भयो भन्नेकुराको इतिहास एकिन थाहानभए पनि मकवानपुरे राजा शुभसेनका पालामा उनका छोरा माणिक्य सेनले निर्माण गराएको यो गढी र दरवार सन् १७६२ वि।स।१८१९मा गोर्खाली सेनाले आप्नो कब्जामा पारेका थिए । करिव ३ हजार वर्गकिलोफिटमा फैलिएको यो गढि गौरिशंकर हिमालको करिव-करिव आमने सामुनेजस्तो पर्द छ ।

    प्राकृतिक वन वनस्पति र जैविक सम्पदालै भरिपुर्ण यस भू-खण्डमा अनमोल जडिबुटी दुदर्भ चराचुरुगंी जीवजनावरर विविध प्रजातिको रुखविरुवाहरु पाईन्छ । वि।स। २०२० साल सम्म जिल्लाको सम्पुर्ण सरकारी कार्यालय अड्डाअदालत यहीं थिय ।वि।स। २०२० सालमा सदरमुकामलाई गढिबाट माडीमा सारिएपस्चात यस गढीको उमेरमा बुढ्यौलीपना आउन थालेकोकुरा यस भेगका जानिफकार बा -आमाहरु बताउछन ।
    सिन्धुली जिल्लाकै पहिलो विद्यालय कमला उच्चमावि को स्थापना पनि सिन्धुली गढीमै भएको थियो गौरिशंकर हिमालको सुनौलो दृष्य अनि काफल घँघारु र मछिनाका दानाहरु खादै लुकामारी खेलेको त्यो ऐतिहाँसिक भुमी वीर पुर्खाहरुको अदम्य साहास र वीरताले आज्र्यको सिखर हो सिन्धुलीगढी र त्यसैमा रहेको अर्को ऐतिहासिक सम्पदा हो सिन्धुलीगढीदरवार ।
    छन् गेडि सवै मेरी छैनन् गेडि सवै टेडी भन्ने लोक उक्तीजस्तै वि।स २०२० सालमा सदरमुकाम गढीबाट माडीबजार झारीको थियॊ । यसरि प्रकृतिको फुलबारीबाट सदरमुकामलाई माढीतिर ओरालो झारिएपछि सिन्धुली गढीलाई माया र प्रेम गर्ने हरुले नजरहटाउदै ग्एपछि गढी दरवार ओझेलमा पर्दै गएको सावित छ । यसपछि सिन्धुली गढीको बुढौली पना सुरुभएको सहजै अनुमान गर्न सकिन्छ ।
    नेपाल अधिराज्यकै विभिन्न प्राचिन कलात्मकताले भरिपुर्ण कलाका उत्कृष्ठ नमुना दरवारहरुमध्य पर्ने सिन्धुली गढीदरवार देखेकाहरु हाल त्यो दरवार भग्नाबशेषमा परिणत भयो भनि सुन्दा र देख्दा निकै दुःखमान्छन् । गढीदरबार केहीबर्षअघिमात्रै सबै भत्कीयो र बल्लमान्छेको ध्यान त्यसतर्फआकर्षित हुनथालेको छ । वीर पुर्खाहरुले संरक्षण गरेको यो दरबारलाई रतनचुराका विजय छापको माटोमा।आज भन्दा करीब ६५ वर्ष अघि जन्मिएका लोकगाएक कृष्ण विक्रम थापाले वि।स। २०३६ सालमा रेडियो नेपालले लिएको स्वर परिक्षेणमा गाएर प्रथम भएपछि रेडियो नेपालबाट उहाँको सुमधुर स्वरहरुबाट अधिराज्यभर चिनाउने कामगरेका थिए । सिन्धुली गढी दरबार लाई अधिराज्यभरी चिनाउने लोक गाएक थापाले सिन्धुलीको माटोमा आफ्ना गलाहरु मिसाएका छन् । सबैलाई थाह छ लगनपछिको पोतेको औचित्यहुदैन र नोक्सान भैसकेपछिको थकथकि बेकाम छ । सिन्धुली गढीको अहिलेको अवस्था निकै कारुणिक भएपनि प्रशस्त सम्भावना छन् त्यहाँ ।
    मानव निर्मित श्रोत र साधन मासिएर भत्किएर गए पनि प्रकृतिको बरदान ज्यूँका त्यूँ छ । ढुङ्गाबाट बनेका कलात्मक वस्तु यध्यपी त्यसभघेगका झाङ्ग र झाडिमा लुकिबसेका छन् । ढुङ्गैढुङ्गाको ढुङ्गेधारो र निक्कै लामा-लामा ढुङ्गाले बने्को नागवेली सिडिदार बाटोलेमानौ वीरपुर्खाले टेकेको माटोमा अहिले पनि हामि बाचिरहेका छौ भन्दै गमखाएर बसिरहेका छन् । गुराँस चिलाउने अगेरी उतिस चाँप काफल र दारका घना जंगलभित्र यस्तै प्रकारका अनगिन्ति बोटवृक्ष आफ्नो वंशरक्षा गरि बसेका छन् । लस्करै तिनवटा अग्ला -अग्ला चुचुरा स्रगै विच-विचमा घाँसे मैदानि घाँटी गजधुम्म पलेंटी कसरे वसेको छ ।
    ईतिहाँसमा किर्तिपुरको पराजयले जयप्रकाश आफु अतेन्त त्रशित भएका थिए । किर्तिपर आक्रमणको बेला गोर्खाकोविरुद्धमा उनि आफै लागेको भए पनि उनले पृथिविनारायण शाहा संग वाणिज्य सन्धि गरी मल्लराजाहरुको नजरमा उनि कमजोर भएका थिए । फेरि दुस्मनसंग पौठाजोरि खेली रहनु पनि उनको शाशनमा कल्याणप्रद थिएन । त्यसैले उनि अंग्रेजहरुको सहयोग चाहान्थे । यसबेला गार्खाको आर्थिक नकाबन्दीले यस क्षेत्रमा ठुलो असरपरेको थियो । वि।स। १८२४मा राजा जयप्रकाशले उमदा र फकिर रामदाशलाई वकिल बनाई बेतिया पठाएका थिए ।
    त्यहा कम्पनिका दुत गोल्डिङसँग वार्ता गरि नेपालमा आफुलाई सहयोगर्न आग्रह गरे । उनको आग्रहलाई पटनास्थीत अंग्रेजहाकिम टोमस रम्बोल्ड संग पु-याए पछि विक्रम सम्बत् १८२४ मै अंग्रेज फैाजलाई आवाश्यक निर्देशन सहित नेपाल पठाएको थियो । अंग्रेज हाकिमको आदेश पाएलगतै १८२४ मै अंग्रेज नेपाल हिडेको ईतिहाँस सावित छ । करिव कात्तीक मंसिरताका यस सिन्धुली गढी दरवारवरिपरि ढकमक्क लालिगुराँस पुल्दै थिए सुगन्धित बनफुलहरुमा माहुरी झुल्दै थिए अनि मानिसहरु खोचमा औलो लाग्ने डरले महाभारतका उत्तरपुर्वी बस्तीतिर बढ्दै थिए ।
    यसै वेला विश्वमा आफ्नो साम्राज्य फैलाउदैआएको अंगे्रजी फौजका कप्तान किन्लकले काठमान्डौहारेका राजा जयप्रकास मल्लको सहयोकका लागी गोर्खालीलाई पराजित गर्न आप्ना २४ सय फौजलाई हातहतियारले सुसज्ति पारि यहि गडीको भुमि हुदै पठाएका थिय । यस्ता सम्भावनालाई पहिलेनै बुज्ने चतुर राष्टनिर्माता पृथ्विनारायण शाहाले नेपाल आक्रमणको रक्षार्थ यस गढिमा श्रीभद्र उपाध्याय र वंसु गुरुङ्गलाई नेतृत्व दिएर तैनाथ गरेका थिए । अग्रेज फौज र स्वभिमानि नेपाली फौजविचमा चैत्र - वैशाखको उराठिलो महिनामा यस गढी को प्रवेस द्धार आडभन्ज्याफ् आसपासमा घोर घमासान लडाई भयो । अत्यधुनिक हातहतियारलै सुसज्जीत अंगे्रजफौजलाई ढुङ्गामुढा भाला र तरवारका भरमा नेपालीले बहादुरीका साथ पराजित गरे । यतिसम्मकि जंगलमा गोलो बनाई बसेको अरिङ्गलसमेत अंगे्रजको फौजमाथि नै खनिए । अनि सहरिया अगे्रजलाई केथाहा अल्लो र सिस्नोले पोल्लाभनेर । आखिर अल्लो र सिस्नुको पोलाईले अनि अरिङ्गालको टोकाईल र नेपालीहरुको ढुङ्गामुढाको ठोकाईबाट उनिहरु बच्न सकेनन् । नेपालीको गुरिल्ला आक्रमणसंग हारेर झिङ्गै बैरि बुटै बैरी भनि हातहतियार छाडी थोरै अंग्रेजहरुलेमात्र ज्यान जोगाई भागे भने अधिकांश अंग्रज सिपाहीले त्यहींका ढुङ्गा र हरियाबुटामा रगत चढाउदै परमधाको बाटो रोजे ।
    तिनै अंगे्रजहरुले छाडेको हतियारहरु मध्य एउटा तोप अझै पनि सुरछित छ । ढुङ्गा र माटोले बनेको उक्त सिन्धुली गढीमा विच-विचमा तोप बन्दुक हान्ने ठाउपनि बनेका छन् । गढिडाडामा ठाँउ-ठाँउमा उसैवेला बनेका ईनारहरु अझैसम्मपनि छदैछन् । यसरि राष्टियता र ऐतिहाँसिकताको झझल्को दिलाउदै सिन्धुली गढी नेपालको राजनितिक र सामाजिक इतिहाँसमा अझै पनि जिवन्त छ । यो ऐतिहासिक माटोमा वि।स। १३६७ मा सिम्रोनगढका सेनाहरुले काठमाण्डुमा लुटपाट तथा आक्रमण गरेर बनेपा हुदै यस गढी क्षेत्र को काखबाट जनकपुर तथा सितामाणी फर्कने गरेका थिए । यतिमात्र नभएर झन्डै ४० वर्षपछि वि।स। १४०६ मद्ध्सिरतका राजा जयस्थीति को पालामा बङगालको सुल्तान समसुद्धिन इलियासले काठमान्डु ध्वस्तवनाएर फर्कदा पनि सोहिबाटो हुदै फर्किएपछि यस नाकालाई ऐतिहाँसिक नाकाको रुपमा लिई यस ठाँउमा वि।स। १५०० तिर जयस्थीति मल्लका नाति यक्षमल्लले मिथिला मोरग र मगध रज्यमाथि अधिपत्य जमाए पछि पुर्वसासकहरुले पुःन कान्तिपुरमाथि आक्रमाण गर्न नसकुन भनेर सैने जनशक्ति सुढृण गराएर शशक्तबनाएको पइन्छ ।
    पुर्व २ नं। अड्डाको रुपमा चिनिने यो गढी दरबारमा वि।स। १९८० ताक पुष्कर विक्रमराणको पालामा पुर्व २ नं। अड्डाका को सम्पुर्ण प्रशाशनिक काम संचालनहुन थाल्यो । यसैक्रममा १९८६ यो दरबारको निर्माण कार्य सम्पन्न भएको बताइन्छ । हालको जिल्ला सदरमुकाम माढीबजाबाट झन्डै २० किलोमिटर उत्तरतिर पर्ने यस गढीडाडाबाट गौँरिसंकर हिमाल संगै लगभग १ दर्जन हिमाली श्रृङ्गखला तथा चुचुराहरु रामेछाप जिल्लाको मन्थली स्थित विमानस्थल कासाथै अधिकाँस भाग काभ्रेर दोलखा जिल्लाका केहि भागहरु प्रष्ट देखिन्छन् । पुवीृ पहाडी जिल्ला ओखलढुङ्गा र खोटाङ्गका केहि बस्तिसंगै उदयपुरका रमाईला फाँटहरुलाई समेत यस ठाँउबाट नजरलगाउन सकिन्छ । यतिमात्र हैन दक्षिण तराइका विस्तृत भु-भाग यहाँबाट नियाल्न सकिन्छ । उसोत मौसम खुल्ला भएको खण्डमा प्रत्यक दिन उदाउदो सुर्य किरणको पनि त्यस ठाउबाट दस्रन गर्न सकिन्छ । सम्भवत ः हिमाल तराई र पहाडका धेरै भुभाग देखिने कमै ठाउमध्यको एक हो-सिन्धुलीगढी ।
    हाल जंगलै जगंलको विचमा अवस्थित यस गढीडाडालाई छिचोल्दै बनेपा सिन्भधुली वर्दिवास वि।पी राजमार्ग निर्माणधिन छ । जम्मा १५८ कि।मि। लामो यो सडकले सिन्धुली गढीको सुधार र विकासमा आशाको दियो जलाएको छ ।यहिगढीको अहिले रङ्गीचङ्गी मोटर हरु घरी माडी तिर ओरालो झर्छन त घरी कमिलाको ताँतिझै उकालो चढ्छन् । यसै फलश्वरुप हालसालै गढी इलाका छिर्ने गौंडाको द्धारहरु पुननिर्माण गरीएको छ । करिवकरिब प्राचिन शैलिमै निमर्काण गरिएको उक्त द्धार र बगैचा उद्यान र किल्लाको गौंडो ढुक्ने स-साना गुफ आकारका सुरुङ्गी ढुङ्गगेघरले केही भएपनि त्याँहाको शोभाबढाएको छ । यो ऐतिहासिक भुमि को सुधार पुननिर्माण र संरक्षणका लागि केहि समाज सेविहरु लागे पनि जिल्ला वासिहरुको खासै ध्यान पुग्न सकिरहेको छैन । जलकन्या गाविसमा पर्ने यो दरवार रतनचुरा भद्रकाली भिमेश्वर र जलकन्याको लगभग विचभागतिर पर्दछ । मनै लोभ्याउने यहाका पाकृतिक दृश्य कोहिलीको कुहु-कुहु आवाज सयौ जातिका चरचुरुङ्गीको मधुर चिर्बिरसँगै मनका कमना र चाहाना सिद्ध गराउने सिद्धदेविको मन्दिरले सिन्धुलीगढीको ऐतिहासिक्तामात्र हैन् साँस्कृतीक र धार्मिक महत्व पनि स्पष्ट हुन्छ । यहाँ तीज बालाचतुर्दसि र एकादसिमा दर्शनार्थीको भीड लाग्ने गर्दछ । ठाँउ-ठाँउमा घुमाउने चौतारा ढुङ्गाका सुख्खा धारा ईनार र शिलालेख ईलाकै भरी देखिन्छन् । यहााँ स-साना मुर्तीहरु ठाँउ-ठाँउमा फेला पर्थे तिमध्य कतिपय हराई सकेका छन् । वनस्पतिशास्त्र चिकित्साशास्त्र र अन्य आध्यात्मिक अध्ययन अनुसन्धानका साथै योगाभ्यास र ध्यान साधनका लागी यो क्षेत्र अतेन्त लाभदाएक देखिन्छ । जानिफकार विद्धानहरुका विचारमा सिन्धुलीगढी क्षेत्रमा अर्बुद र क्षेयरोगजस्ता अस्पाल स्थापना गर्न सके यहाँको पा्रकृतिक वातावरणम र स्वच्छ हावाले नै आधा रोग निको बनाइदिन्छ । रोजगारि र ब्यापार ब्यबसायमा समेत सिन्धुलीगढीले ठुलो सम्भावना बोकेको छ ।
    जडिबुटी उद्योग होटल ब्यवसाय र पुष्प ब्यवसाय यहाँका मुख्य सम्भावनाहरु हुन । त्यसोत वनस्पति अध्यन केन्द्र त्यसठाउमा स्थापनाहुने हो भने अध्ययनमा सजिवता आउने थियो । त्याहाका स्वर्णिम थुम्काहरुमा कति बहुमुल्य धातुका खानिहरु र तिनका गर्भमा कति अमृतमय पानिबगेको छ । अझैकसैलाई थाहा छैन यि अमुल्य सम्पतिको उपयोग गरि पौरखि हातहरु र साहासि जाँगरले स्वदेशी माटोमानै सुनफल्ने छ बेरोजगारसमस्या थोरैभनेपनि कमहुने छ भन्ने कुरो । सिन्धुलीगढी लगाएत दर्जनौ एल्बममा आफ्नो गलाभर्नुहुने लोक गाएक थापा पनि आज हाम्रो माझमा हुनुहुन्न उहाको आज भन्दा दुई वर्ष अगाडीनै काठमान्डौको वीर अस्पतालमा उपचार गराउदा गराउदै दुःखद निदन भएको थियो । आजहाम्रो माझमा सुमधुर स्वर अम्मर रहेको छ भने सिन्धुलीगढी लाई आमाको झझल्को मेटाउने सुन्तलीमाई पनि हाम्रमाझमा सम्झनामात्र रहेको छ । आज उनलाई सम्झनामा मात्र पाउन सक्छौं ।
    सिन्धुलीगढीमा केही वर्ष अघिसम्म प्रहरी चौकी राखिएको थियो नेकपमा माओवादीले संचालन गरेको शसत्र द्धोन्द्धका समयमा पहिलो भौतिक आक्रमण गरेको यस गढी चौकिलाई थप आक्रमणको सम्भावनावाट जोजाउन सदरमुकाममा सारीएको थियो । ८-९ वर्ष अघिसम्म रामेछापवासीहरु सिन्धुलीगढीको बाटो हँदै सिन्धुली सदरमुकाममा बजार गर्न दोहोरीको लोहोरी खेल्दै झर्दथे । रामेछापमा मोटरबाटो पुगेपछी यो क्रम रोकिएको छ । तर गढीको रंगरुप उस्तै छ पा्रकृतिक रुपमा । यो क्षेत्रमा पा्रकृतिक उपचार केन्द्रसँगै चलचित्र छायांकन गर्न पनि अति नै उतम देखिन्छ भने वनभोज र सांस्कृतिक कार्यक्रम गर्न अति सूहाउँदा दृश्यहरु छन । आज ऐतिहाँसिक धरातल बोकेको यस गढी र दरवार क्षेत्र आज वनमारा घारी वनेको देख्दा असल वीर नेपालीको मन दुख्नु स्वभाविक हो । माल पाएर चाल नपाएका यस क्षत्रका मानिसहरुले दरवारको भौतिक संरचना जसरी सके आज त्यसै गरी यसको समुचित सुधार र पुनर्निर्माण हुने हो भने यहाँ ठुलो संख्यामा आन्तरिक र बाह्य पर्यटक भित्र्याई रोजगारीको अवसर सृजना गर्न सकिन्छ । त्यसका लागि सम्बन्धित निकायको ध्यान जानु त आवश्यक छदैछ स्थानीयवासीको मन लाग्नु पनि जरुरी छ ।
    रसिलो जुनार र सिन्धुलीगढीदरबार सिन्धुली जिल्लाको उपहार भन्ने युक्ति आज तमाम सिन्धुली बासिको ओठमा रहेको पाईन्छ । यस्तो पा्रकृतिक र ऐतिहासिक स्थलमा अन्य विकास र पुननिर्माण सँगसँगै सृजनशिलता प्रकृतिपे्रम आध्यातमिकता र प्रफल्लताको नारा दिदै संसारलाई बदल्नु छ सुरु आफैँबाट गर्नु छ भन्ने समय सान्दर्भिक लक्ष्य बोकेर राज्य तथा जिविसि र पुरातत्व विभागले चासो देखाउनु पर्ने वताउनु हुन्छ सिन्धुली गढी संरक्षण समितिका अध्यक्ष दिर्घराज श्रेष्ठ । यस गढी दरबारमा मौसम अनुसार जिल्ला लगाएत छिमेकि जिल्लाका सयौंको संख्यामा पिकनिक खान तथा त्य क्षेत्रको अवलोकनका लागि आउने गरेका छन् ।
    यसरी कयौँ आशा र सम्भावना बोकेको ऐतिहासिक एवं पर्यटकीय स्थल सिन्धुलीगढी प्रकृतिको वरदानका रुपमा मानवीय मायाको खोजीमा छ । त्याहाँ बाजेले गाडेको खाँबाको डोव छंदैछ ढुङ्गाको बाटो छदैछ टेकेको माटो छदैछ फरक यति छ समयले कोल्टे फेरेको छ समस्याले घेरेको छ र दुविधाले बेरेको छ । उता कृष्णविक्रम थापा र सुन्तलीमाईले टुहुरो बनाएका छन् । हामी नेपालीको सान मान र स्वाभिमान जोगाइरहने राष्ट्रिय मुटु सिन्धुली गढी दरवार र त्यसको आसपासमा त्यहाँका कोहिलीले तपाईको विछोडमा विरहका भाकाहरु गाई रहेको छ । काफल पाकेर लटरम्म भएको काफल चरिले तपाईलाइ सुनाई रहेको छ । घँघारु र मछिनाका दानाले तपाईलाई सम्झीरहेको छ । त्यसैले सिन्धुलीगढी दरबारले तपाँई हाम्रै पर्खाईमा बाटोभरी आँखा विच्छाई रहेको छ । कतै तपाईको मन पनि त्यस तर्फ जान्छकी ?

    Thursday, September 23, 2010

    कांगे्रस स्थापनाकालबाट १२ औं महाधिवेशनसम्म

    अशोक दाहाल
    नेपालमा जहानीयाँ राणा शासनको ज्यादती र अत्याचार बढ्दै जाँदा त्यसविरुद्ध परिवर्तनकामी जनताहरु संगठित हुने र राणा शासन विरुद्ध अभियानहरु चलाउने क्रमले तिब्रता पाउन थाल्यो । नेपालमा गैर राणाहरुका लागि शिक्षाको अधिकार नभएका कारण अधिकांश ब्यक्तिहरु भारतको भनारस लगायतका क्षेत्रमा गएर शिक्षा आर्जन गर्ने प्रचलन थियो २००७ सल अधि । भारतमा शिक्षा र राजनीतिक चेतना हासिल गरेपछि उनिहरुलाई नेपालमा राणा शासन विरुद्ध अभियान चलाउने चेतना आउँथ्यो । त्यसै क्रममा भारतमा बसेर नेपालको रणा शासनबारे बुझेका केहि ब्यक्तिहरु भारतमै राजनीति गर्न समेत सुरु गरिसकेका थिए । जसमध्येकै एक थिए विश्वेश्वरप्रसाद कोइराला । विद्यार्थी जीवनमै नेपाल भारतको राजनीतिबारे बुझेका कोइरालाले नेपालमा राणा शासनविरुद्ध संगठित अभियान चलाउने क्रममा २००३ साल कार्तिक १५ गते आÏना सहकर्मीहरुलाई राखेर अखिल भारतीय नेपाली राष्ट्रिय कांग्रेस गठन गरे ।
    विपी कोइरालाको संयोजकत्वमा गठिन उक्त पार्टीको सभापति देवी प्रसा सापकोटा उपसभापति वालचन्द्र शर्मा महामन्त्री कृष्णप्रसाद भट्टराई र प्रचारमन्त्री गोपालप्रसाद उपाध्याय थिए ।
    कार्तिकमा गठित अखिल भारतीय नेपाली राष्ट्रिय कांग्रेसको पहिलो अधिवेशन माघ १२ र १३ गते भारतकै कोलकत्तामा भयो । जसले कांग्रसको नयाँ नेतृत्व मात्र चयन गरेन पार्टीको नाम समेत परिवर्तन गर् यो । पहिलो महाधिवेशनबाट पार्टीको नाम नेपाली राष्ट्रिय कांग्रेस रह्यो भने सभापतिमा टंकप्रसाद आचार्य चयन भए । आचार्य भने प्रजा परिषद्को नामबाट नेपालमा राणा विरोधी आन्दोलन सुरु गरेका कारण नेपालको जेलमै थिए ।
    विपी कोइराला कृष्णप्रसाद भट्टराई गणेशमान िसंह डिल्लीरमण रेग्मी वालचन्द्र शर्मा लगायतका युवाहरुले भारतमै जन्म दिएका थिए नेपाली कांग्रेसलाई । र नेपाली कांग्रेसका सुरुका चारवटै महाधिवेशनहरु पनि भारतमै सम्पन्न भए ।
    कांग्रेसको दाश्रो महाधिवेशन वनारसमा हुँदा कार्यकारी सभापति विपी कोइराला समेत नेपालमा राण शासनविरुद्ध अधियान साचालन गरेको अभियोगमा जेल परिसकेका थिए । २००४ सालमा वनारसमा भएको महाधिवेनले कार्यवाहक सभापतिको पदमा डिल्लीरमण रेग्मीलाई कांग्रेस आन्दोलनको जिम्मेवारी सुम्पियो ।
    नेपालमा राणा शासन विरोधी आन्दोलन चर्किँदै गएपछि राणा शासनको अन्त्यका लागि संगठित संघर्ष गर्दै आएको नेपाली कांग्रेसका अधिकांश नेताहरु २००५ सालसम्म आइपुग्दा पक्राउ परे । २००५ सालमा भातको दरभंङ्गामा भएको कांग्रेसको तेसो महाधिवेशनले मातृका प्रसाद कोइरालालाई कांग्रेसको कार्यवाहक अध्यक्षमा चयन गर् यो । २००५ सालमै भारतमा प्रवासी जीवन विताइरहेका राजनीतिज्ञहरुले २००५पुस १७ गते नेपाल प्रजातन्त्र कांग्रेसको स्थापना गरे । सुवर्णशमशेर महाबीर शमसेर लगायतका राणा परिवारकै असन्तुष्ट नेताहरुले स्थापना गरेको प्रजातन्त्र कांग्रेसको लक्ष्यपनि नेपालमा राणा शासनको अन्त्य गर्नु नै थियो ।
    उउटै उदेश्यका साथ स्थापना भएका दुईवटा कांग्रेसबीच एकीकरण गर्नुपर्ने महसुस नेताहरुले गरे । २००६ साल चैत्र २७ गते कोलकत्तामा भएको चौथो महाधिवेशनबाट नेपाली राष्ट्रिय कांग्रेस र नेपाल प्रजातन्त्र कांग्रेसबीच एकीकरण भयो । दुवै कांग्रेसको एकीकरणपछि पार्टीको नाम नेपाली कांग्रेस राखियो । र त्यही नाममा नेपाली कांग्रेस स्थापित भयो ।
    रााण शासनको तारो बनेर भारतबाटै कठिन एवं जोखिमपूर्ा राजनीतिक यात्रा सुरु गरेको कांग्रेसलाई २००७ सालमा प्रजातन्त्र स्थापना भएपछि नेपालमा खुला राजनीति गर्न सहज भयो । त्यसो त नेपाली कांग्रेसकै अगुवाइमा २००७ सालमा नेपालमा प्रजातन्त्र स्थापना भएको थियो । प्रजातन्त्रको स्थापनापछि जेलमा रहेका कांग्रेसका स्ंथापक नेता विपी कोइराला लगायतका नेताहरु रिहा भए । चार पटकसम्मको महाधिवेशन भारतमा भएको नेपाली कांग्रेसको पाँचौं महाधिवेशन नेपालमै भयो ।
    २००९ सालमा जनकपुरमा भएको कांग्रेसको पाँचौं महाधिवेशनले सभापपितमा विपी कोइरालालाई चयन गर् यो । मातृका प्रसाद कोइराला गणेशमान िसंह सुवर्णशमशेर जस्ता संस्थापक नेताहरु सदस्यमा चयन भए ।
    नेपाली कांग्रेसको छैटौं महाधिवेसन २०१२ सालमा विरजाजमा भयो । विश्वेश्वरप्रसाद कोइरालाको समाजवादलाई कांग्रेसले यहि महाधिवेशनबाट पारित गरेर अवलम्वन गर्दै आएको छ । जसको कार्यान्वयन कांग्रेसको १२ महाधिवेशनको समेत मुख्य एजेण्डा बनेको छ । यहि महाधिवेशनबाट सदस्यमा चयन भएका कांग्रेस नेता गिरीजा प्रसाद कोइराला सबैभन्दा लामो समयसम्म कांग्रेस नेतृत्वमा रहे । विपी कोइरालापछि कांग्रेसको नेतृत्व सम्हालेका कोइराला कंग्रेसको स्थापनाकालमा भने भारतमा कम्यूनिष्ट विचारधारा समर्थित विद्यार्थी संगठनमा आवद्ध थिए । पछि कोइरालाकै नेतृत्वमा सुरु भएको विराटनगर जुटमिल आन्दोलन चर्चित भएपछि कोइराला कांग्रेस मुलधारमा रहिरहन सफल भएका थिए ।
    २०१४ सालमा विराटनगरमा कांग्रेसको विशेष महाधिवेशन भयो । समाजवादको सिद्धान्तका कारण चर्चाको शिखरमा रहेका विपी कोइराला विशेष महाधिवेशनबाट पुन कांग्रेस सभापतिमा चयन भए । कांग्रेसको सातौं महाधिवेशन २०१७ सालमा राजधानी काठमाडौंमा भयो । सातौं महाधिवेशनमा पनि विपी कोइराला नै सभापतिमा चयन भए । महाधिवेशनले कोषाध्यक्षमा श्रीभद्र शर्मा चयन गर् यो । त्यहि महाधिवेशनबाट कांग्रेसमा २९ जना केन्द्रीय कार्यसमिती सदस्य चयन भए । त्यसलगत्तै महेन्द्रले दलहरुमाथि प्रतिवन्ध लगाएर पाचायती शासन ब्यवस्था सुरु गरेपछि काग्रेसका संस्थापक नेताहरुलाई पनि जेल चलान गरियो । राजाले शासन हातमा लिएपछि तीन दशकसम्म कांग्रेसको आठौं महाधिवेशन हुन सकेन । भारत भ्रमणमा रहेका कारण जेल पर्नबाट जोगिका नेता सुवर्णसमशेरले भातबाटै पार्टीका गतिविधीहरु भने साचालन गरिरहे । पछि विपी कोइराला लगायतका नेताहरु पनि प्रवासी बनेर भारतमै पुगेपछि कांग्रेस राजनीतिक र वैचारीक कार्यहरु भने जारी नै रहे । २०३३ सालमा विपी कोइराला राष्ट्रिय मेलमिलापको नीति लिएर स्वदेश फर्किए । तर उनीलाई अन्तराष्ट्रिय विमानस्थलबाटै गिरप्तार गरेर सुन्दरीजलमा बन्दी बनाईयो । त्यस बेलासम्म नेपालमा नेपाल कम्यूनिष्ट पार्टी माक्स्रवादी लेनीनवादी र नेकपा माक्स्रवादीले पाचायती शासनविरुद्ध भूमिगत प्रचार-प्रसार सुरु गरिसकेका थिए ।
    अवस्थ्यताका कारण रिहा भएपछि विपी कोइरालाले २०३४ सालमा भारतको पटनामा सम्मेलन गरेर कार्यवाहक सभापतिको जिम्मेवारी कृष्णप्रसाद भट्टराईलाई सुम्पिए । गिरीजाप्रसाद कोइराला महामन्त्री बने । २०३८ सालमा विपी कोइरालाको निधनले नेपाली कांग्रेसलाई ठूलो क्षति पुग्यो । मुलुकमा प्रजातन्त्रको पुर्नवहालीपछि २०४८ फागुनमा झापामा कांग्रेसको आठौं महाधिवेशन सम्पन्न भयो । आठौं महाधिवेशनबाट कार्यवाहक सभापति कृष्णप्रसाद भट्टराइ नै सभापतिमा निर्विरोध निर्वाचित भए । १२ औं महाधिवेशनका सभापतिका उम्मेदवार शेरबहादुर देउटा र भीमबहादुर तामाङ दुवैजना आठों महाधिवेशनबाटै केन्द्रीय सदस्यमा चयन भएका थिए । अर्का उम्मेदवार शुशिल कोइराला भने २०३४को पटना सम्मेदनबाटै केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए । महाधिवेशनले गशेणमान िसंहलाई सर्वमान्य नेता चयन गर् यो । २०४८ सालको आम निर्वाचनमा कांग्रेसले स्पगट बहुमत ल्याएपछि आठौं महाधिवेशनताका कांग्रेस नेता गिरीजा प्रसाद कोइराला प्रधानमन्त्री थिए । सभापति भट्टराईले २०४९ सालमा केही केन्द्रीय सदस्यहरु हेरफेर गरे ।
    कांग्रेसको नवौं महाधिवेशन २०५३ सालमा काठमाडौंमा भयो । महाधिवेशनबाट गिरीजा प्रसाद कोइराला सभापतिमा निार्वाचित भए । पहिलो पटक उपसभापतिमा शैलजा आचार्य चयन भइन् । अहिले कांग्रेसमा रहेका अधिकांश पाका नेताहरु यहि महाधिवेशनबाट केन्द्रीय राजनीतिमा प्रवेश गरेका थिए । तर २०५४ सालको कार्तीकमा भएको महासमिति बैठकमा अधिकांश केन्द्रीय सदस्यहरुले राजीनामा गरेपछि कोइरालाले पुन पदाधिकारी र सदस्यहरु थप गरे । पुन माघ १२ गते केन्द्रीय समितिमा केही हेरफेर भयो । २०५५ असोज २० गते पदाधिकारी सहित कार्यसमितिमा केही हेरफेर गरे । २०५६ सालको साउन १० गतेपनि कार्यसमितिमा हेरफेर भयो ।
    लामो समयपछि कांग्रेसको दशौं महाधिवेशन २०५७ सालमा पोखरामा भयो । १०औं महाधिवेशनबाट पनि सभापतिमा कोइराला नै मनोनित भए । कांग्रेसमा मनोनित गर्ने परम्परा तोड्दै पहिलो पटक १८ जना केन्द्रीय सदस्यहको लागि निर्वाचन भयो । लामो समयसम्म कोइरालको नेतृत्व र कांग्रेसमा परिवारवाद हावी हुँदा कांग्रेसमा आन्तरीक असन्तुष्टि बढ्दै गयो । आन्तरीक मतभेद चरम चुलिमा पुगेपछि अन्तत २०५९ असोजमा कंगेस औपचारीक रुपमा कांग्रेस पुट्यो । शेरबहादुर देउवाले नेतृत्व गरेको कांग्रेसमा संस्थापक नेता गणेशमान िसंहका छोरा प्रकाशमान िसंह गोपालमान श्रेष्ठ चिरन्जीवी वाग्ले डा। मिनेन्द्र रिजाल जस्ता नाम कहलिएका नेताहरु प्रवेश गरे । कांग्रेका करिब ४० प्रतिशत नेताहरु देउवाको नेतृत्वमा गए भने ६० प्रतिशत नेताहरु कोइराला नेतृत्वको कांग्रेसमै रहे ।
    २०६१ फागुनमा तय गरिएको कांग्रेसको माघ १९मा तत्कालीन राजाको संवैधानीक ुकु पछि महाधिवेश अपिनश्चित बन्यो । २०६२ फागुन अन्तिम साता कांग्रेस संंस्थापन पक्षको महाधिवेशन भयो । २०६२ भदौ १ देखि चार गतेसमम ललितपुरमा भएको ११औं महाधिवेशनले तीन बर्षका लागि पार्टी सभापति गिरीजा प्रसाद कोइरालालाई नै पार्टी सभापपतिमा चयन गर् यो । त्यही बर्ष दलेवा पक्षको कांग्रेस प्रजातान्त्रीकको पनि महाधिवेशनसम्पनन भयो । संविधानसभाको निर्वाचनको पूर्वसन्यामा अन्तत २०६४ असोज ९ गते दुवै कांग्रेसबीच एकीकरण भयो । कांग्रेसमा नितीगत र संगठनिक रुपमा एकीककरण भएपनि भावनात्मक एकीकरण हुन सकेन । एकीकरणपछि शेरबहादुर देउवा पार्टीमा बरिष्ठ नेता भए । एकीकरणमा पदीय बाँडफाँडबाट असन्तुष्ट बनेका कोषाध्यक्ष महन्थ ठाकुर नेताहरु विजयकुमार गच्छदार जेपी गुप्ता लगायतले पार्टी परित्याग गरे । जसले कांग्रेसलई ठूलो धक्का लाग्यो ।
    त्यो धक्का जब महशुष भयो तब संविधानसभा निर्वाचनमा नेपाली कांग्रेस निकै ठूलो मतअन्तरमा दोश्रो स्थानमा चिक्त बुझाउन वाध्य भयो । २०१५ सालको आम निर्वाचनमा दुई तिहाई बहुमत २०४८ र ०५६ को आम निर्वाचनमा प्रचण्ड बहुमत हासिल गरेर सबैभन्दा लामो समयसम्म सत्तामा समेत रहेको कांग्रेसका लागि त्यो एउटा दुखद घडि थियो । २०६६साल चैत्र ७ गते कांग्रेस सभापति गिरीजाप्रसाद कोइरालाको निधन भयो । तयो नेपाली कांग्रेस र नेपालको राजनीतिक इतिहासकै लागि एउटा ठूलो धक्का थियो । सभापति कोइरालाको निधनवपछि कार्यवाहक सभापति शुशील कोइराला बरिष्ठ नेता शेरबहादुर देउवा र उपसभापति रामचन्दं्र पौडेलले सामुहिक नेतृत्व शैलीमा कांग्रेसलाई १२ महाधिवेशनसम्म डोहोर् याए । र २०६७ असोज १ देखि ५ सम्म काठमाडौंमा भएको महाधिवेशनबाट शुसील कोइराला सभापतिमा चयन भए । बरिष्ठ नेता शेरबहादुर देउवा ३ ३५ मतले पराजीत भए । महामन्त्रीमा कोइराला पक्षका प्रकाशमान िसंह र कोषाध्यक्षँमा देउवा पक्षकी चित्रलेखा यादव निर्वाचित भए । विपी कोइराला गणेशमान िसंह टंक प्रसाद आचार्य र गिरीजा प्रसाद कोइराला जस्ता नेताहरुले देखाएका सत् मार्ग यसका नेता र कार्यकर्ताले कहिल्यै नभुलुन् । हरेक कांग्रेसजनको चाहाना त्यही पाइएको छ ।