• Views
  • FROM MY SIDE

    Voice Of The Voiceless


    Friday, September 24, 2010

    रोइरहेछ ऐतिहासीक सिन्धुलीगढी, संरक्षणको अभावमा

    अशोक दाहाल
    सिन्धुलीगढि घुमेर हेर्दा सुन्तलीमाई कतिमा राम्रो दर्बार आजकालको जोवानहेरौ सुन्तलीमाई कस्तोपोहोला घर्बार मार् योनी मायाँले मार् यो……………
    माथिका यि लोकपृय गितका हरफहरु सुन्दा जो कोहीलाई पनि ऐतिहाँसिक तथा पर्यटकिय स्थल सिन्धुली गढीदरबार लोकगाएक कृष्ण विक्रम र तन्नेरी उमेरमा आफूलाई मन पर्ने कुनै केटी सुन्तलीमाइ को झझल्को आउनु स्वभावीकै हो ।
    स्रोर बसे्र उमेरमा र एक युगमा तन्नेरी गढीदरबार र कृष्ण विक्रम थापा को स्थितिका बारेमा कतिलाई अत्तो होला कतिाई नहोला पनि । तर इतिहास पढेका हरेक नागरिकलाई यी हरफले ऐतिहासिक सिन्धुलीगढी दरवारको अवस्थालाई सम्झाएर झस्काइदिन सक्छ ।
    मध्यमान्चल विकास क्षेत्रमा पर्ने जनकपुर अन्चलको पहाडी जिल्ला सिन्धुलीको पुरानो जिल्ला सदरमुकाम हो- गढीदरवार । महाभारत पर्वत श्रृंखलासंगै आफ्नो बासस्थान बनाएको यो गढी दरवार जलकन्या गा।वि।स २ अन्तरगत पर्दछ । यो गढी दरबारको स्थापना कहिले भयो भन्नेकुराको इतिहास एकिन थाहानभए पनि मकवानपुरे राजा शुभसेनका पालामा उनका छोरा माणिक्य सेनले निर्माण गराएको यो गढी र दरवार सन् १७६२ वि।स।१८१९मा गोर्खाली सेनाले आप्नो कब्जामा पारेका थिए । करिव ३ हजार वर्गकिलोफिटमा फैलिएको यो गढि गौरिशंकर हिमालको करिव-करिव आमने सामुनेजस्तो पर्द छ ।

    प्राकृतिक वन वनस्पति र जैविक सम्पदालै भरिपुर्ण यस भू-खण्डमा अनमोल जडिबुटी दुदर्भ चराचुरुगंी जीवजनावरर विविध प्रजातिको रुखविरुवाहरु पाईन्छ । वि।स। २०२० साल सम्म जिल्लाको सम्पुर्ण सरकारी कार्यालय अड्डाअदालत यहीं थिय ।वि।स। २०२० सालमा सदरमुकामलाई गढिबाट माडीमा सारिएपस्चात यस गढीको उमेरमा बुढ्यौलीपना आउन थालेकोकुरा यस भेगका जानिफकार बा -आमाहरु बताउछन ।
    सिन्धुली जिल्लाकै पहिलो विद्यालय कमला उच्चमावि को स्थापना पनि सिन्धुली गढीमै भएको थियो गौरिशंकर हिमालको सुनौलो दृष्य अनि काफल घँघारु र मछिनाका दानाहरु खादै लुकामारी खेलेको त्यो ऐतिहाँसिक भुमी वीर पुर्खाहरुको अदम्य साहास र वीरताले आज्र्यको सिखर हो सिन्धुलीगढी र त्यसैमा रहेको अर्को ऐतिहासिक सम्पदा हो सिन्धुलीगढीदरवार ।
    छन् गेडि सवै मेरी छैनन् गेडि सवै टेडी भन्ने लोक उक्तीजस्तै वि।स २०२० सालमा सदरमुकाम गढीबाट माडीबजार झारीको थियॊ । यसरि प्रकृतिको फुलबारीबाट सदरमुकामलाई माढीतिर ओरालो झारिएपछि सिन्धुली गढीलाई माया र प्रेम गर्ने हरुले नजरहटाउदै ग्एपछि गढी दरवार ओझेलमा पर्दै गएको सावित छ । यसपछि सिन्धुली गढीको बुढौली पना सुरुभएको सहजै अनुमान गर्न सकिन्छ ।
    नेपाल अधिराज्यकै विभिन्न प्राचिन कलात्मकताले भरिपुर्ण कलाका उत्कृष्ठ नमुना दरवारहरुमध्य पर्ने सिन्धुली गढीदरवार देखेकाहरु हाल त्यो दरवार भग्नाबशेषमा परिणत भयो भनि सुन्दा र देख्दा निकै दुःखमान्छन् । गढीदरबार केहीबर्षअघिमात्रै सबै भत्कीयो र बल्लमान्छेको ध्यान त्यसतर्फआकर्षित हुनथालेको छ । वीर पुर्खाहरुले संरक्षण गरेको यो दरबारलाई रतनचुराका विजय छापको माटोमा।आज भन्दा करीब ६५ वर्ष अघि जन्मिएका लोकगाएक कृष्ण विक्रम थापाले वि।स। २०३६ सालमा रेडियो नेपालले लिएको स्वर परिक्षेणमा गाएर प्रथम भएपछि रेडियो नेपालबाट उहाँको सुमधुर स्वरहरुबाट अधिराज्यभर चिनाउने कामगरेका थिए । सिन्धुली गढी दरबार लाई अधिराज्यभरी चिनाउने लोक गाएक थापाले सिन्धुलीको माटोमा आफ्ना गलाहरु मिसाएका छन् । सबैलाई थाह छ लगनपछिको पोतेको औचित्यहुदैन र नोक्सान भैसकेपछिको थकथकि बेकाम छ । सिन्धुली गढीको अहिलेको अवस्था निकै कारुणिक भएपनि प्रशस्त सम्भावना छन् त्यहाँ ।
    मानव निर्मित श्रोत र साधन मासिएर भत्किएर गए पनि प्रकृतिको बरदान ज्यूँका त्यूँ छ । ढुङ्गाबाट बनेका कलात्मक वस्तु यध्यपी त्यसभघेगका झाङ्ग र झाडिमा लुकिबसेका छन् । ढुङ्गैढुङ्गाको ढुङ्गेधारो र निक्कै लामा-लामा ढुङ्गाले बने्को नागवेली सिडिदार बाटोलेमानौ वीरपुर्खाले टेकेको माटोमा अहिले पनि हामि बाचिरहेका छौ भन्दै गमखाएर बसिरहेका छन् । गुराँस चिलाउने अगेरी उतिस चाँप काफल र दारका घना जंगलभित्र यस्तै प्रकारका अनगिन्ति बोटवृक्ष आफ्नो वंशरक्षा गरि बसेका छन् । लस्करै तिनवटा अग्ला -अग्ला चुचुरा स्रगै विच-विचमा घाँसे मैदानि घाँटी गजधुम्म पलेंटी कसरे वसेको छ ।
    ईतिहाँसमा किर्तिपुरको पराजयले जयप्रकाश आफु अतेन्त त्रशित भएका थिए । किर्तिपर आक्रमणको बेला गोर्खाकोविरुद्धमा उनि आफै लागेको भए पनि उनले पृथिविनारायण शाहा संग वाणिज्य सन्धि गरी मल्लराजाहरुको नजरमा उनि कमजोर भएका थिए । फेरि दुस्मनसंग पौठाजोरि खेली रहनु पनि उनको शाशनमा कल्याणप्रद थिएन । त्यसैले उनि अंग्रेजहरुको सहयोग चाहान्थे । यसबेला गार्खाको आर्थिक नकाबन्दीले यस क्षेत्रमा ठुलो असरपरेको थियो । वि।स। १८२४मा राजा जयप्रकाशले उमदा र फकिर रामदाशलाई वकिल बनाई बेतिया पठाएका थिए ।
    त्यहा कम्पनिका दुत गोल्डिङसँग वार्ता गरि नेपालमा आफुलाई सहयोगर्न आग्रह गरे । उनको आग्रहलाई पटनास्थीत अंग्रेजहाकिम टोमस रम्बोल्ड संग पु-याए पछि विक्रम सम्बत् १८२४ मै अंग्रेज फैाजलाई आवाश्यक निर्देशन सहित नेपाल पठाएको थियो । अंग्रेज हाकिमको आदेश पाएलगतै १८२४ मै अंग्रेज नेपाल हिडेको ईतिहाँस सावित छ । करिव कात्तीक मंसिरताका यस सिन्धुली गढी दरवारवरिपरि ढकमक्क लालिगुराँस पुल्दै थिए सुगन्धित बनफुलहरुमा माहुरी झुल्दै थिए अनि मानिसहरु खोचमा औलो लाग्ने डरले महाभारतका उत्तरपुर्वी बस्तीतिर बढ्दै थिए ।
    यसै वेला विश्वमा आफ्नो साम्राज्य फैलाउदैआएको अंगे्रजी फौजका कप्तान किन्लकले काठमान्डौहारेका राजा जयप्रकास मल्लको सहयोकका लागी गोर्खालीलाई पराजित गर्न आप्ना २४ सय फौजलाई हातहतियारले सुसज्ति पारि यहि गडीको भुमि हुदै पठाएका थिय । यस्ता सम्भावनालाई पहिलेनै बुज्ने चतुर राष्टनिर्माता पृथ्विनारायण शाहाले नेपाल आक्रमणको रक्षार्थ यस गढिमा श्रीभद्र उपाध्याय र वंसु गुरुङ्गलाई नेतृत्व दिएर तैनाथ गरेका थिए । अग्रेज फौज र स्वभिमानि नेपाली फौजविचमा चैत्र - वैशाखको उराठिलो महिनामा यस गढी को प्रवेस द्धार आडभन्ज्याफ् आसपासमा घोर घमासान लडाई भयो । अत्यधुनिक हातहतियारलै सुसज्जीत अंगे्रजफौजलाई ढुङ्गामुढा भाला र तरवारका भरमा नेपालीले बहादुरीका साथ पराजित गरे । यतिसम्मकि जंगलमा गोलो बनाई बसेको अरिङ्गलसमेत अंगे्रजको फौजमाथि नै खनिए । अनि सहरिया अगे्रजलाई केथाहा अल्लो र सिस्नोले पोल्लाभनेर । आखिर अल्लो र सिस्नुको पोलाईले अनि अरिङ्गालको टोकाईल र नेपालीहरुको ढुङ्गामुढाको ठोकाईबाट उनिहरु बच्न सकेनन् । नेपालीको गुरिल्ला आक्रमणसंग हारेर झिङ्गै बैरि बुटै बैरी भनि हातहतियार छाडी थोरै अंग्रेजहरुलेमात्र ज्यान जोगाई भागे भने अधिकांश अंग्रज सिपाहीले त्यहींका ढुङ्गा र हरियाबुटामा रगत चढाउदै परमधाको बाटो रोजे ।
    तिनै अंगे्रजहरुले छाडेको हतियारहरु मध्य एउटा तोप अझै पनि सुरछित छ । ढुङ्गा र माटोले बनेको उक्त सिन्धुली गढीमा विच-विचमा तोप बन्दुक हान्ने ठाउपनि बनेका छन् । गढिडाडामा ठाँउ-ठाँउमा उसैवेला बनेका ईनारहरु अझैसम्मपनि छदैछन् । यसरि राष्टियता र ऐतिहाँसिकताको झझल्को दिलाउदै सिन्धुली गढी नेपालको राजनितिक र सामाजिक इतिहाँसमा अझै पनि जिवन्त छ । यो ऐतिहासिक माटोमा वि।स। १३६७ मा सिम्रोनगढका सेनाहरुले काठमाण्डुमा लुटपाट तथा आक्रमण गरेर बनेपा हुदै यस गढी क्षेत्र को काखबाट जनकपुर तथा सितामाणी फर्कने गरेका थिए । यतिमात्र नभएर झन्डै ४० वर्षपछि वि।स। १४०६ मद्ध्सिरतका राजा जयस्थीति को पालामा बङगालको सुल्तान समसुद्धिन इलियासले काठमान्डु ध्वस्तवनाएर फर्कदा पनि सोहिबाटो हुदै फर्किएपछि यस नाकालाई ऐतिहाँसिक नाकाको रुपमा लिई यस ठाँउमा वि।स। १५०० तिर जयस्थीति मल्लका नाति यक्षमल्लले मिथिला मोरग र मगध रज्यमाथि अधिपत्य जमाए पछि पुर्वसासकहरुले पुःन कान्तिपुरमाथि आक्रमाण गर्न नसकुन भनेर सैने जनशक्ति सुढृण गराएर शशक्तबनाएको पइन्छ ।
    पुर्व २ नं। अड्डाको रुपमा चिनिने यो गढी दरबारमा वि।स। १९८० ताक पुष्कर विक्रमराणको पालामा पुर्व २ नं। अड्डाका को सम्पुर्ण प्रशाशनिक काम संचालनहुन थाल्यो । यसैक्रममा १९८६ यो दरबारको निर्माण कार्य सम्पन्न भएको बताइन्छ । हालको जिल्ला सदरमुकाम माढीबजाबाट झन्डै २० किलोमिटर उत्तरतिर पर्ने यस गढीडाडाबाट गौँरिसंकर हिमाल संगै लगभग १ दर्जन हिमाली श्रृङ्गखला तथा चुचुराहरु रामेछाप जिल्लाको मन्थली स्थित विमानस्थल कासाथै अधिकाँस भाग काभ्रेर दोलखा जिल्लाका केहि भागहरु प्रष्ट देखिन्छन् । पुवीृ पहाडी जिल्ला ओखलढुङ्गा र खोटाङ्गका केहि बस्तिसंगै उदयपुरका रमाईला फाँटहरुलाई समेत यस ठाँउबाट नजरलगाउन सकिन्छ । यतिमात्र हैन दक्षिण तराइका विस्तृत भु-भाग यहाँबाट नियाल्न सकिन्छ । उसोत मौसम खुल्ला भएको खण्डमा प्रत्यक दिन उदाउदो सुर्य किरणको पनि त्यस ठाउबाट दस्रन गर्न सकिन्छ । सम्भवत ः हिमाल तराई र पहाडका धेरै भुभाग देखिने कमै ठाउमध्यको एक हो-सिन्धुलीगढी ।
    हाल जंगलै जगंलको विचमा अवस्थित यस गढीडाडालाई छिचोल्दै बनेपा सिन्भधुली वर्दिवास वि।पी राजमार्ग निर्माणधिन छ । जम्मा १५८ कि।मि। लामो यो सडकले सिन्धुली गढीको सुधार र विकासमा आशाको दियो जलाएको छ ।यहिगढीको अहिले रङ्गीचङ्गी मोटर हरु घरी माडी तिर ओरालो झर्छन त घरी कमिलाको ताँतिझै उकालो चढ्छन् । यसै फलश्वरुप हालसालै गढी इलाका छिर्ने गौंडाको द्धारहरु पुननिर्माण गरीएको छ । करिवकरिब प्राचिन शैलिमै निमर्काण गरिएको उक्त द्धार र बगैचा उद्यान र किल्लाको गौंडो ढुक्ने स-साना गुफ आकारका सुरुङ्गी ढुङ्गगेघरले केही भएपनि त्याँहाको शोभाबढाएको छ । यो ऐतिहासिक भुमि को सुधार पुननिर्माण र संरक्षणका लागि केहि समाज सेविहरु लागे पनि जिल्ला वासिहरुको खासै ध्यान पुग्न सकिरहेको छैन । जलकन्या गाविसमा पर्ने यो दरवार रतनचुरा भद्रकाली भिमेश्वर र जलकन्याको लगभग विचभागतिर पर्दछ । मनै लोभ्याउने यहाका पाकृतिक दृश्य कोहिलीको कुहु-कुहु आवाज सयौ जातिका चरचुरुङ्गीको मधुर चिर्बिरसँगै मनका कमना र चाहाना सिद्ध गराउने सिद्धदेविको मन्दिरले सिन्धुलीगढीको ऐतिहासिक्तामात्र हैन् साँस्कृतीक र धार्मिक महत्व पनि स्पष्ट हुन्छ । यहाँ तीज बालाचतुर्दसि र एकादसिमा दर्शनार्थीको भीड लाग्ने गर्दछ । ठाँउ-ठाँउमा घुमाउने चौतारा ढुङ्गाका सुख्खा धारा ईनार र शिलालेख ईलाकै भरी देखिन्छन् । यहााँ स-साना मुर्तीहरु ठाँउ-ठाँउमा फेला पर्थे तिमध्य कतिपय हराई सकेका छन् । वनस्पतिशास्त्र चिकित्साशास्त्र र अन्य आध्यात्मिक अध्ययन अनुसन्धानका साथै योगाभ्यास र ध्यान साधनका लागी यो क्षेत्र अतेन्त लाभदाएक देखिन्छ । जानिफकार विद्धानहरुका विचारमा सिन्धुलीगढी क्षेत्रमा अर्बुद र क्षेयरोगजस्ता अस्पाल स्थापना गर्न सके यहाँको पा्रकृतिक वातावरणम र स्वच्छ हावाले नै आधा रोग निको बनाइदिन्छ । रोजगारि र ब्यापार ब्यबसायमा समेत सिन्धुलीगढीले ठुलो सम्भावना बोकेको छ ।
    जडिबुटी उद्योग होटल ब्यवसाय र पुष्प ब्यवसाय यहाँका मुख्य सम्भावनाहरु हुन । त्यसोत वनस्पति अध्यन केन्द्र त्यसठाउमा स्थापनाहुने हो भने अध्ययनमा सजिवता आउने थियो । त्याहाका स्वर्णिम थुम्काहरुमा कति बहुमुल्य धातुका खानिहरु र तिनका गर्भमा कति अमृतमय पानिबगेको छ । अझैकसैलाई थाहा छैन यि अमुल्य सम्पतिको उपयोग गरि पौरखि हातहरु र साहासि जाँगरले स्वदेशी माटोमानै सुनफल्ने छ बेरोजगारसमस्या थोरैभनेपनि कमहुने छ भन्ने कुरो । सिन्धुलीगढी लगाएत दर्जनौ एल्बममा आफ्नो गलाभर्नुहुने लोक गाएक थापा पनि आज हाम्रो माझमा हुनुहुन्न उहाको आज भन्दा दुई वर्ष अगाडीनै काठमान्डौको वीर अस्पतालमा उपचार गराउदा गराउदै दुःखद निदन भएको थियो । आजहाम्रो माझमा सुमधुर स्वर अम्मर रहेको छ भने सिन्धुलीगढी लाई आमाको झझल्को मेटाउने सुन्तलीमाई पनि हाम्रमाझमा सम्झनामात्र रहेको छ । आज उनलाई सम्झनामा मात्र पाउन सक्छौं ।
    सिन्धुलीगढीमा केही वर्ष अघिसम्म प्रहरी चौकी राखिएको थियो नेकपमा माओवादीले संचालन गरेको शसत्र द्धोन्द्धका समयमा पहिलो भौतिक आक्रमण गरेको यस गढी चौकिलाई थप आक्रमणको सम्भावनावाट जोजाउन सदरमुकाममा सारीएको थियो । ८-९ वर्ष अघिसम्म रामेछापवासीहरु सिन्धुलीगढीको बाटो हँदै सिन्धुली सदरमुकाममा बजार गर्न दोहोरीको लोहोरी खेल्दै झर्दथे । रामेछापमा मोटरबाटो पुगेपछी यो क्रम रोकिएको छ । तर गढीको रंगरुप उस्तै छ पा्रकृतिक रुपमा । यो क्षेत्रमा पा्रकृतिक उपचार केन्द्रसँगै चलचित्र छायांकन गर्न पनि अति नै उतम देखिन्छ भने वनभोज र सांस्कृतिक कार्यक्रम गर्न अति सूहाउँदा दृश्यहरु छन । आज ऐतिहाँसिक धरातल बोकेको यस गढी र दरवार क्षेत्र आज वनमारा घारी वनेको देख्दा असल वीर नेपालीको मन दुख्नु स्वभाविक हो । माल पाएर चाल नपाएका यस क्षत्रका मानिसहरुले दरवारको भौतिक संरचना जसरी सके आज त्यसै गरी यसको समुचित सुधार र पुनर्निर्माण हुने हो भने यहाँ ठुलो संख्यामा आन्तरिक र बाह्य पर्यटक भित्र्याई रोजगारीको अवसर सृजना गर्न सकिन्छ । त्यसका लागि सम्बन्धित निकायको ध्यान जानु त आवश्यक छदैछ स्थानीयवासीको मन लाग्नु पनि जरुरी छ ।
    रसिलो जुनार र सिन्धुलीगढीदरबार सिन्धुली जिल्लाको उपहार भन्ने युक्ति आज तमाम सिन्धुली बासिको ओठमा रहेको पाईन्छ । यस्तो पा्रकृतिक र ऐतिहासिक स्थलमा अन्य विकास र पुननिर्माण सँगसँगै सृजनशिलता प्रकृतिपे्रम आध्यातमिकता र प्रफल्लताको नारा दिदै संसारलाई बदल्नु छ सुरु आफैँबाट गर्नु छ भन्ने समय सान्दर्भिक लक्ष्य बोकेर राज्य तथा जिविसि र पुरातत्व विभागले चासो देखाउनु पर्ने वताउनु हुन्छ सिन्धुली गढी संरक्षण समितिका अध्यक्ष दिर्घराज श्रेष्ठ । यस गढी दरबारमा मौसम अनुसार जिल्ला लगाएत छिमेकि जिल्लाका सयौंको संख्यामा पिकनिक खान तथा त्य क्षेत्रको अवलोकनका लागि आउने गरेका छन् ।
    यसरी कयौँ आशा र सम्भावना बोकेको ऐतिहासिक एवं पर्यटकीय स्थल सिन्धुलीगढी प्रकृतिको वरदानका रुपमा मानवीय मायाको खोजीमा छ । त्याहाँ बाजेले गाडेको खाँबाको डोव छंदैछ ढुङ्गाको बाटो छदैछ टेकेको माटो छदैछ फरक यति छ समयले कोल्टे फेरेको छ समस्याले घेरेको छ र दुविधाले बेरेको छ । उता कृष्णविक्रम थापा र सुन्तलीमाईले टुहुरो बनाएका छन् । हामी नेपालीको सान मान र स्वाभिमान जोगाइरहने राष्ट्रिय मुटु सिन्धुली गढी दरवार र त्यसको आसपासमा त्यहाँका कोहिलीले तपाईको विछोडमा विरहका भाकाहरु गाई रहेको छ । काफल पाकेर लटरम्म भएको काफल चरिले तपाईलाइ सुनाई रहेको छ । घँघारु र मछिनाका दानाले तपाईलाई सम्झीरहेको छ । त्यसैले सिन्धुलीगढी दरबारले तपाँई हाम्रै पर्खाईमा बाटोभरी आँखा विच्छाई रहेको छ । कतै तपाईको मन पनि त्यस तर्फ जान्छकी ?

    No comments:

    Post a Comment