• Views
  • FROM MY SIDE

    Voice Of The Voiceless


    Saturday, January 29, 2011

    अन्यौमा माओवादी लडाकु

    अशोक दाहाल
    शक्तिखोर-चितवन/
    कुनै बेलाका एक अर्काका दुश्मन बनेका माओवादी लडाकु र नेपाली सेना, सशस्त्र प्रहरी र प्रहरीले एकै थलोमा भेला भएर माया स्नेह र सद्भाव आदान प्रदान गरे । जनयुद्धमा एक अर्कालाई भेट्नासाथ गोलि ठोकाठोक गर्ने शक्तिहरु समेत एकै मञ्चमा दाजुभाइ, दीबहिनीजस्तै गरेर बसेपछि उनिहरुलाई पनि साँच्चिकै शान्ति आएको महसुस भयो, केही समयका लागि भएपनि । यस्तैयस्तै भावपूर्ण प्रतिक्रिया माओवादी लडाकुका ओठबाट विशेष समितिमा आएको घोषणा हुनासाथ निस्कियो । तपाईं सरकार र दलहरुलाई के भन्न चाहनुहुन्छ भन्ने प्रश्नमा राष्ट्रिय झण्डा बोकिरहेकी एक माओवादी लडाकुले भनिन्-'नेताहरुलाई आँसु होइन, हाँसो देउ भन्न चाहन्छु ।'

    यो एकजना लडाकुको मात्रै मनछुने भावना हैन । सबैजसो माओवादी लडाकुले यस्तै यस्तै प्रतिक्रिया दिए, शनिबार विशेष समितिमा आएको घोषणासभापछि चितवनको शक्तिखोर शिविरमा । देशमा साँच्चिकै शान्ति आउने आशा पलाएको आभाष भयो उनिहरुलाई ।
    कुनै पार्टीको निजी सेनाको आरोप खेप्दै आएका माओवादी लडाकुलाई सेना समायोजन विशेष समिति मातहत आएको घोषणा गरिएपछि मात्र उनिहरुले महसुस गरे आफूहरु राष्ट्रको सेना बन्दै छौं भनेर । हिजोसम्म कुनै पार्टीको सेना रहेा लडाकुले विशेष समिति मातहत आएको घोषणापछि कुनै पार्टीको हैन, विशेष समितिको निर्णय मात्र मान्ने कसम खाए । तर पार्टीले जनविद्रोहका लागि निर्देशन दिए के गर्ने भन्ने अन्यौल कायमै थियो उनिहरुको मन मस्तिष्कमा ।

    हतियार सहित पहरा दिइरहेका एक माओवादी लडाकु


    जनयुद्धकालमा एकअर्कालाई भेट्नासाथ गोलि ठोकाठोक गर्ने शक्तिहरु एकै मञ्चमा दाजुभाइ, दिदीबहिनीजस्तै गरेर बसेपछि उनिहरुलाई साँच्चिकै शान्ति आएको भान भयो । माओवादी लडाकुको शिविरमा पहिलो पटक प्रधानसेनापति छत्रमानसिंह गुरुङ, सशस्त्र प्रहरी प्रमुख सनतकुमार बस्नेत र नेपाल प्रहरीका प्रमुख रमेशचन्द ठकुरी पुगे । हरेक कार्यक्रममा एकअर्काको आलोचना गर्ने नेताहरुले पनि लडाकुको शिविरमा पुगेर कसैको आलोचना गरेनन् । नेपालको राजनीतिक इतिहासमा पहिलो पटक यस्तो दिन आएको देखेर लडाकुहरुको मनमा साँच्चिकै नयाँ नेपाल बन्नसक्छ की भन्ने आशा जगाइदियो ।
    अब उनिहरुलाई पनि रक्तपात र हिंसा देख्न मन छैन । देशमा पुन न्याय, शान्ति र परिवर्तनका लागि कसैले पनि लड्न नपरोस् भन्ने चाहन्ाा छ उनिहरुको दिलदिमागमा । अन्यौलग्रस्त रहेको आÏनो भविष्यमा केही उज्याला दिन आउने आशा गरेका छन् उनिहरुले । केही आशा जागे पनि उनिहरु ढुक्क भने भएका छैनन् । राजनीतिक दलहरुले गरेका सम्झौता क्षणभरमै लत्याएका कैयौं घटना उनिहरुले पटक-पटक देखेकै छन् । सत्ता र शक्तिका लागि इमान्दारीता र नैतिकतालाइै लात हानेको देखेका लडाकुहरु अझै निर्धक्क भने भएका छैनन् ।

    नेपालको राष्ट्रिय झण्डा र पीएलएको झण्डामा माओवादी लडाकु


    शान्ति प्रकृयामा मध्यस्थकर्ताको भूमिका खेलेका नागरिक अगुवा दमननाथ ढुङ्गाना पनि लडाकुको मनौवैज्ञानीक वातावरणमा सुधार आएको बताउँछन् । विशेष समितिको मातहतमा आएपनि उनिहरुको भविष्य अझै पनि राजनीतिक दलहरुको सम्बन्ध र सहमतिमै अड्केको छ । उनिहरुलाई समायोजन वा पुर्नस्थापना केमा लैजाने भन्ने निर्णय सरकार र दलहरुकै हातमा छ । १० बर्षसम्म आफन्तबाट टाढिएर, ब्यक्तिगत स्वार्थ त्यागेर युद्ध लडेका लडाकु आफ्नो संघर्षलाई पैसासग लेनदेन गर्न तयार छैनन । उनीहरु आफ्नो बलिदानलाई पैसामा किनेर पुनस्र्थापनामा जान दवाव नदिन आग्रह गर्छन् । तर सबै समायोजनमै जान इच्छुक भने छैनन् । कतिपयलाई समायोजन र कतिलाई पुनस्र्थापनामै जाने इच्छा छ । उनिहरुले ब्यक्तिगत इच्छा अनुसार समायोजन वा पुर्नस्थापना भइदियोस् भन्ने चाहेका छन् ।

    No comments:

    Post a Comment