• Views
  • FROM MY SIDE

    Voice Of The Voiceless


    Thursday, December 30, 2010

    आरक्षबाट थरीथरीका पीडा


    अशोक दाहाल
    कोशी टप्पु पुस
    आफ्ना आमाभन्दा बढी उमेरका वृद्ध महिलाहरुलाई समेत नांगै नचाएर यौनको भोक मेट्नेहरु अरु कोही होइनन् जनावरको सुरक्षाका लागि खटिने सुरक्षाकर्मी हुन् वृद्धाहरुलाई नचाएर जनावरको सुरक्षा गर्ने सुरक्षाकर्मीहरुको जिम्मेवारीमा पर्दैन मानवीय अस्मिता बचाउने जिम्मा त्यसैले कोसी टप्पु बन्यजन्तु आरक्षका सुरक्षाकर्मीहरुले भने आमा सरहका यी महिलाहरुलाई नाङ्गै नाच्न लगाउँछन्


    lgs'Ghsf ;'/IffsdL{n] lbPsf] b'v ;'gfpFb} :yflgo dlxnf


    कस्तो अमानवीय ब्यवहार कस्तो सोच्न पनि नसकिने परपीडन आचरण उमेरले साठी नाघिसकेकी यी महिला एक प्रतिनिधि मात्र हुन् कोसी टप्पु बन्यजन्तु आरक्षबाट पिडित बनेका महिलाहरुको यीनिजस्तै कैयौं महिलालाई पनि बन्यजन्तु आरक्षको सुरक्षामा खटिएका सुरक्षाकर्मीले यस्तै-यस्तै प्रकारका दुब्र्यवहार गर्छन पूर्वि नेपालको सुनसरी सप्तरी उदयपुर जिल्लाको सीमानामा पर्ने कोसी नदिको बीचमा रहेको १७३ वर्ग किलोमिटर क्षेत्रमा फैलिएको कोसी टप्पुबाट एक दुई महिला वा पुरुषमात्र होइन दर्जनभन्दा बढि गाविसहरुका मानिस पिडित बनेका छन् बिभिन्न प्रजातीका लोपोन्मुख चराहरु अर्नाभैंसिलगायतका लोपोन्मुख जनावरको संरक्षणका लागि २०३२ सालमा घोषणाअनुसार सरकारले खटाएका हुन् यी सुरक्षाकर्मीलाई यिनीहरु कोसीटप्पु बन्यजन्तु आरक्ष बन्यजन्तुका संरक्षक बनेपनि आरक्षवरपरका जनताका संरक्षक बन्न सकेनन् यिनीहरुको आँखामा मानिसको मूल्य जनावरको भन्दा कम थियो सायद यी आरक्षका संरक्षकहरु नै स्थानिय बासिन्दाका लागि पिडक बनेका छन् परपीडाको सीमा नै नाघ्नेगरी मध्यवर्ती क्षेत्र अर्थात् बफर जोन घोषणा गरिएको आरक्षवरपरका १७५ वर्ग किलोमिटर क्षेत्रमा बस्ने प्रायः सबै नागरिक कुनै कुनै पिडामा परेकै छन् त्यो पनि सुरक्षाकर्मीबाटै आरक्ष आसपास बस्ने माझि बोटे बाँतरलगायतका आदीवासी नागरिक कैयौं बर्षअघिबाट आरक्षमै भर पर्दै आएका छन् माछा मार्ने निहुरो खोज्ने पटेरबाट बिभिन्न सामग्री बनाउनेबाहेक उनिहरुसँग अरु कुनै आधुनिक सीप औपचारिक स्कुले पढाइनै त्यसैले बन जंगल नभए उनिहरुको बाँच्ने कुनै आधार छैन
    सप्तकोसी नदिमा माछा पालेर जीविका चालउँदै आएका कमलपुर- मलाह बस्तिका विष्णु बहरदारलाई निकुाजका सुरक्षाकर्मीले पटकपटक यातना दिने गरेका छन् निकुन्ज प्रशासनको यातनाबाट आहत भएका माझिहरुमा आफूहले बोलेको कुरा साचार माध्यममा आए सुरक्षाकर्मीले थप यातना दिने डर व्यापक त्यसैले उनिहरु आग्रह गर्छन् कृपया यो कुरा तपाईँहरु नबजाईदिनुहोस्
    कोसी टप्पु मध्यवर्ती क्षेत्रमा साचारकर्मीको टोलि पुग्दा निकुन्ज सुरक्षामा खटिएको नेपाली सेनाको टोलि पनि भेटियो माछा मार्न हिँडेका माझिहरुलाई उनिहरुले रोकीरहेका थिए कारण उनिहरु सबैजनासँग पास थिएन


    lgs'Gh k|j]z kf; b]vfpFb} dflem ;d'bfosf Ps o'jf



    पासबिनै निकुन्ज क्षेत्रमा प्रवेश गर्न सुरक्षाकर्मीले पनि कति दिन दया गर्ने माछा नमारे यी माझिहरुले साँझ कसरी छाक टार्ने निकुन्ज प्रसासनले सबै माझिलाई पास नदिएपछि उनिहरु यस्तै समस्यामा पटक-पटक पर्ने गरेका रहेछन्
    सयौं वर्षदेखि वनजंगलकै आधारमा जीवन गुजार्दै आएका आदीवासीहरुका लागि जीवन निर्वाहको अर्को विकल्प छैन उनिहरु भन्छन् हामीलाई माछा दिँदैनो भने गोली हानेर मारिदेउ
    कमलपुरका मात्रै होइन सप्तरीका बिभिन्न भित्री गाउँहरुमा बस्ने आदीवासी नागरिकले पनि यस्ता कैयन समस्या निकुन्ज प्रसासनबाट भोग्नुपरेको निकुन्जबाट पटेर ल्याएर गुन्द्री बुन्ने लगायतका पेसा गर्दै आएका बाँतर समुदायमा पनि कम समस्या छैन
    यी क्षेत्रमा औपचारिक रुपमा स्कुल-क्याम्पसमा पढेलेखेका आदीवासीको संख्या कम छ । केही पढेलेखेका आदिवासी पनि शहर पसेपछि पुँजी बजारमै हराएका छन् । अन्य क्षेत्रबाट गएका हुनेखानेहरुले त्यस क्षेत्रमा जग्गा किनेर खेती गरेका छन् । तर आदीम कालदेखि त्यही क्षेत्रमा बसोवास गर्दै आएका वास्तवीक आदिवासीहरु भने न त खेती गर्न नै जान्दछन् न उनिहरुसँग जग्गै छ । उनिहरुले आफूले नै बसाएका गाउँका सुकुम्बासी भएका छन् र भएका छन् आÏनै देशमा दोश्रो दर्जाका नागरिक ।
    वन्यजन्तुका संरक्षणका लागि खटिएका सुरक्षाकर्मी पीडक भएको त देखिएकै हो । एकातिर बन्यजन्तु आरक्षले स्थानीय जनतामा दिने पिडा छँदैछ । अर्काेतिर निकुन्जको संरक्षण र रेखदेखका लागि सरकारले खटाएका पदाधीकारी आफैं भक्षक भएका उदाहरणको पनि कमी छैन । एक दुइटामा मात्र होइन देशभरका बन्यजन्तु निकुन्ज र आरक्षमा सरकारबाट नियुक्त वार्डेन नै सर्वेसर्वा हुने ब्यवस्था छ । त्यहाँका न्यायाधिस पनि वार्डेनै हुन् र मालिक पनि वार्डेन नै हुन् । हरेक निकुन्ज र आरक्षमा उपभोक्ता र निकुन्जबीच समन्वयका लागि मध्यवर्ती क्षेत्र ब्यवस्थापन समिति निर्माण गरिएको हुन्छ । त्यसको पदेन सदस्यसचिव हुने गर्छन सम्बन्धित निकुन्ज वा आरक्षका वार्डेन नै । वार्डेनलाई कतिसम्म पनि अधिकार दिइएको छ भने उनले चाहेमा हरेक उपभोक्ता समितिबाट निर्वाचित बनेर मध्यवर्ती क्षेत्र ब्यवस्थापन समितिमा आएका सबै पदाधीकारीसमेत हटाईदिन सक्छन् । त्यसैले उपभोक्ता समितिका पदाधीकारी आÏनो पदको रक्षाका लागि समेत वार्डेनकै चाकडी गर्न बाध्य हुन्छन् । यस्तै घटनाका एक उदाहरण हुन् उपभोक्ता समिति श्रीपुर हरिपुरका अध्यक्ष दयाशंकर झा । कोसी टप्पु बन्यजन्तु आरक्षका वार्डेन अशोक रामसँग कुरो नमिलेपछि उपभोक्ता समितिबाट निकालिएका उनि वार्डेनको दिलखुस गराएपछि पुर्नबहाली भए । त्यसैले उपभोक्ता समितिको मिलेमतोमा वार्डेनले र वार्डेनको मिलेमतोमा उपभोक्ता समितिका पदाधीकारीले केयौं भ्रष्टाचार गरेका प्रमाण हुँदाहुँदै पनि चुपचाप बस्न बाध्य हुन्छन् बन उपभोक्ता समितिका पदाधीकारीहरु ।
    कोसी टप्पु बन्यजन्तु आरक्षभित्र नपसौं साँझबिहानको छाकै नटर्ने पसौं जरिवाना तिर्नूपर्ने । हो आरक्षभित्र स्थानीय जनता र तिनका जनावर पसे भने उनीहरुले जरिवाना लाग्छ । तर कोसी टप्पुवरपरका आदीवासी जनजाती दलित र मुस्लिम परिवारसँग् जरिवाना रकम तिर्नसक्ने आम्दामी छैन । त्यसैले उनिहरु भाँडाकुँडासमेत बेचेर पनि जरिवाना तीर्न विवश छन् । निकुन्जमा अवैध रुपमा प्रवेश गरेको मान्छे पक्राउ परे पाँच सय रुपैयाँदेखि पाँच सय पचास सम्म भैसिको दुई सय गाईको १०० र बाख्रो ५० रुपैयाँ जरिवाना तीर्नुपर्छ ।
    कोसी टप्पुको सुनसरी क्षेत्रमा बाढीले बगाएका कारण गाइबस्तु र बाख्राको चरन छैन । न त काटेर लगाउन कतै हरियोपरियो नै बाँकी छ । चरन छ त कोसी टप्पुमा मात्रै । त्यसैले घरपालुवा जनावर पटकपटक निकुन्जमा प्रवेश गर्छन । उनिहरुका लागि पस्नुको विकल्प पनि छैन ।
    कहिलेकाहीँ निकुन्ज प्रशासन कति हदसम्म क्रुर हुन्छ भने चरनमा गएका स्थानीयका जनावरको हत्या गर्न समेत पछि पर्दैन र सिकार हुन्छन् स्थानीय जनता ।
    दिउँसो गाइबस्तु निकुन्ज प्रवेश गरेको निहुँमा राती आएर स्थानीय महिलाहरुलाई समेत दुब्र्यवहार गर्छन निकुन्जका सुरक्षाकर्मीहरु ।
    महिलालाई बुट र बन्दुकको कुन्दाले हान्नेजस्ता निर्दयी ब्यवहार गर्छन वन र जंगलको सुरक्षामा खटिएका सुरक्षाकर्मीहरु ।
    कोसी टप्पु बन्यजन्तु आरक्षमा मात्र होइन नेपालकै सबैभन्दा ठूलो चितवन राष्ट्रिय निकुन्जमा समेत सुरक्षाकर्मीको दुब्र्यवहार आततायी खालको छ । निकुन्जमा खटिएको नेपाली सेनाका जवानहरुले त्यहाँका माझि महिलालाई बलात्कार गर्नेसम्मको धम्की सहजै दिन्छन् मानौं ती महिलाहरु जनावरभन्दा पनि तुच्छ हुन् ।
    निकुन्जमा माछा मार्न जाने माझि परिवारका नारीहरुलाई अश्लिल शब्दले गाली गर्ने त समान्य नै भइसकेको छ यो क्षेत्रमा पनि । तर यस्तै उत्पीडन लामो समयदेखि चुपचाप सहन बाध्य छन् संगठित र संघर्षशील हुन नसकेका दोस्रो दर्जाका नेपाली नागरिकहरु । अनि तिनकै मौनताको संस्कृतिको फाइदा लुट्छन् जंगल र जनावरको सुरक्षाको ठेक्का दिइएका सैनिक र अन्य सुरक्षाकर्मीहरु ।
    सबै क्षेत्रको कुरा नयाँ संविधानमा समावेश गर्न सकियोस् र सबैका पिडा सम्वन्धित निकायसम्म पुर् याउन सकियोस् भनेर निर्माण गरियो ६ सय एक जनाको जम्बो संविधानसभा । तर बन्यजन्तु आरक्षका पिडित आदीवासिका दुख हेर्ने आँखा र सुन्ने कान त्यसको पनि नभएझै भान भएको छ । कोसी टप्पु बन्यजन्तु आरक्षमा स्थानीय गाइबस्तु प्रवेश गर्नासाथ त्यसका धनीले जरिवाना तीर्नुपर्छ । तर आरक्षका जनावर गाउँ-गाउँमा प्रवेश गरेर जति क्षति गरेपनि त्यसको क्षतिपुर्ति दिने कुनै ब्यवस्था छैन नेपालको कानुनमा ।
    त्यसैले २०२९ सालमा बनेको राष्ट्रिय निकुन्ज तथा बन्यजन्तु संरक्षण ऐन संशोधनको माग उठिरहेकेा छ तर यसको सुनुवाई कतैबाट भएको छैन अहिलेसम्म ।
    कोसी टप्पु मध्यवती क्षेत्रका सुनसरी वा सप्तरी होस् वा चितवन राष्ट्रिय निकुन्ज मध्यवर्ती क्षेत्रका नवलपरासी वा चितवनै किन नहोस् सबै क्षेत्रमा यस्तै एकपक्षीय कानुनका समस्या छन ।

    xflQmsf] cfqmd0faf6 3fOt] k'0f{ axfb'/ dflem, pgn] xfn;Dd Ifltk'lt{ kfPsf 5}gg\ .

    २०३२ सालसम्म अहिलेको कोसी टप्पु बन्यजन्तु आरक्षभित्रै घर थियो सुनसरीको पश्चिम कुशवाहामा बसोवास गरिरहेका गर्ने कैयौं जनताको । तर ३२ सालमा निकुन्ज बनेपछि उनिहरु त्यहाँबाट लखेटिए र आफ्नै देशमा सुकुम्बासी भए । पहिले उनिहरुकै घरबास रहेको क्षेत्रमा निकुन्ज बन्यो र उनीहरु बने घरबारविहीन । निकुन्जबाट हटाइएपछि बाहिरको क्षेत्र फँडानी गरेर बस्ती बसाले ती घरबारविहीनले । तर त्यो गाउँ पनि टाठाबाठाले आÏनो नाममा पास गरिदिए उनीहरु भए फेरि पनि सुकुम्बासीका सुकुम्बासी नै । अहिले निकुन्जदेखि टाठाबाठासम्मले दिएका पीडा सहेर बसिरहेका छन् आफ्नो घरबार नभएका आफ्नो राज्य नभएका अनागरिकहरु ।

    हरेक निकुन्ज वा आरक्षमा राजस्वबापत संकलन भएको रकमको ३० देखि ५० प्रतिशत रकम मध्यवर्ती क्षेत्रमा आयमुलक कार्यक्रम चेतनामूलक कार्यक्रम र प्रशासनिक खर्च र विकासमा प्रयोग हुनुपर्ने ब्यवस्था छ । तर कोसी टप्पु बन्यजन्तु आरक्षले यो बाध्यात्मक ब्यवस्थालाई पनि लागू गरेको छैन किनभने मध्यवर्ती क्षेत्रका मानिसको मूल्य जनावरको भन्दा कम छ । ४ बर्षयता कोसी टप्पुमा १८ लाख राजस्व संकलन भएपनि अझैसम्म त्यो रकम कहाँ राखिएको छ भन्ने पत्तो उपभोक्तालाई छैन । सरकार र आरक्षलाई थाहा हुनुपर्छ मध्यवर्ती क्षेत्रका जनतालाई आदिम अवस्थमा राखेर आरक्षको विकास सम्भव छैन ।
    कोसी टप्पु बन्यजन्तु आरक्षमा मात्रै होइन नेपालका सबै आरक्ष र निकुन्ज संरक्षणका लागि स्थानीयबासीमा चेतना विकास र अधिकारको आवश्यकता छ । आरक्ष र निकुन्जवरपर बासोवास गर्ने जनताले संरक्षण गरेमात्र वनजंगल र जनवारको संरक्षण संभव छ । तर उनिहरुलाई निकुन्ज र आरक्षणले उल्टै दुख पिडा र यातना दिँदै बस्यो भने आरक्ष र आरक्षका संरक्षणकर्ताप्रति जनतामा घृणा पैदा हुनसक्छ । विकास र अधिकार कोसीवरपरका माझिहरुको गुनासो पनि त्यही छ । उनिहरुले त्यस क्षेत्रमा हुने माछाका भूराहरुको संरक्षणका लागि हरसंभव प्रयास गर्छन ।
    तर नाफाका लागि जे पनि गर्नै तस्करहरुले नदि र पोखरीमा हाल्ने बिषले त्यस क्षेत्रमा भएका सबै प्राणीको अस्तित्वै समाप्त पार्छ । यस्ता नाफाखोररुमाथि कारबाही र वास्तविक संरक्षणकता जनताका विचास र अधिकारको संरक्षणका लागि सरकार र सरोकारवाला निकायले विशेष ध्यान पुर् याउनु आवश्यक छ ।