नेपालमा जहानीयाँ राणा शासनको ज्यादती र अत्याचार बढ्दै जाँदा त्यसविरुद्ध परिवर्तनकामी जनताहरु संगठित हुने र राणा शासन विरुद्ध अभियानहरु चलाउने क्रमले तिब्रता पाउन थाल्यो । नेपालमा गैर राणाहरुका लागि शिक्षाको अधिकार नभएका कारण अधिकांश ब्यक्तिहरु भारतको भनारस लगायतका क्षेत्रमा गएर शिक्षा आर्जन गर्ने प्रचलन थियो २००७ सल अधि । भारतमा शिक्षा र राजनीतिक चेतना हासिल गरेपछि उनिहरुलाई नेपालमा राणा शासन विरुद्ध अभियान चलाउने चेतना आउँथ्यो । त्यसै क्रममा भारतमा बसेर नेपालको रणा शासनबारे बुझेका केहि ब्यक्तिहरु भारतमै राजनीति गर्न समेत सुरु गरिसकेका थिए । जसमध्येकै एक थिए विश्वेश्वरप्रसाद कोइराला । विद्यार्थी जीवनमै नेपाल भारतको राजनीतिबारे बुझेका कोइरालाले नेपालमा राणा शासनविरुद्ध संगठित अभियान चलाउने क्रममा २००३ साल कार्तिक १५ गते आÏना सहकर्मीहरुलाई राखेर अखिल भारतीय नेपाली राष्ट्रिय कांग्रेस गठन गरे ।
विपी कोइरालाको संयोजकत्वमा गठिन उक्त पार्टीको सभापति देवी प्रसा सापकोटा उपसभापति वालचन्द्र शर्मा महामन्त्री कृष्णप्रसाद भट्टराई र प्रचारमन्त्री गोपालप्रसाद उपाध्याय थिए ।
कार्तिकमा गठित अखिल भारतीय नेपाली राष्ट्रिय कांग्रेसको पहिलो अधिवेशन माघ १२ र १३ गते भारतकै कोलकत्तामा भयो । जसले कांग्रसको नयाँ नेतृत्व मात्र चयन गरेन पार्टीको नाम समेत परिवर्तन गर् यो । पहिलो महाधिवेशनबाट पार्टीको नाम नेपाली राष्ट्रिय कांग्रेस रह्यो भने सभापतिमा टंकप्रसाद आचार्य चयन भए । आचार्य भने प्रजा परिषद्को नामबाट नेपालमा राणा विरोधी आन्दोलन सुरु गरेका कारण नेपालको जेलमै थिए ।
विपी कोइराला कृष्णप्रसाद भट्टराई गणेशमान िसंह डिल्लीरमण रेग्मी वालचन्द्र शर्मा लगायतका युवाहरुले भारतमै जन्म दिएका थिए नेपाली कांग्रेसलाई । र नेपाली कांग्रेसका सुरुका चारवटै महाधिवेशनहरु पनि भारतमै सम्पन्न भए ।
कांग्रेसको दाश्रो महाधिवेशन वनारसमा हुँदा कार्यकारी सभापति विपी कोइराला समेत नेपालमा राण शासनविरुद्ध अधियान साचालन गरेको अभियोगमा जेल परिसकेका थिए । २००४ सालमा वनारसमा भएको महाधिवेनले कार्यवाहक सभापतिको पदमा डिल्लीरमण रेग्मीलाई कांग्रेस आन्दोलनको जिम्मेवारी सुम्पियो ।
नेपालमा राणा शासन विरोधी आन्दोलन चर्किँदै गएपछि राणा शासनको अन्त्यका लागि संगठित संघर्ष गर्दै आएको नेपाली कांग्रेसका अधिकांश नेताहरु २००५ सालसम्म आइपुग्दा पक्राउ परे । २००५ सालमा भातको दरभंङ्गामा भएको कांग्रेसको तेसो महाधिवेशनले मातृका प्रसाद कोइरालालाई कांग्रेसको कार्यवाहक अध्यक्षमा चयन गर् यो । २००५ सालमै भारतमा प्रवासी जीवन विताइरहेका राजनीतिज्ञहरुले २००५पुस १७ गते नेपाल प्रजातन्त्र कांग्रेसको स्थापना गरे । सुवर्णशमशेर महाबीर शमसेर लगायतका राणा परिवारकै असन्तुष्ट नेताहरुले स्थापना गरेको प्रजातन्त्र कांग्रेसको लक्ष्यपनि नेपालमा राणा शासनको अन्त्य गर्नु नै थियो ।
उउटै उदेश्यका साथ स्थापना भएका दुईवटा कांग्रेसबीच एकीकरण गर्नुपर्ने महसुस नेताहरुले गरे । २००६ साल चैत्र २७ गते कोलकत्तामा भएको चौथो महाधिवेशनबाट नेपाली राष्ट्रिय कांग्रेस र नेपाल प्रजातन्त्र कांग्रेसबीच एकीकरण भयो । दुवै कांग्रेसको एकीकरणपछि पार्टीको नाम नेपाली कांग्रेस राखियो । र त्यही नाममा नेपाली कांग्रेस स्थापित भयो ।
रााण शासनको तारो बनेर भारतबाटै कठिन एवं जोखिमपूर्ा राजनीतिक यात्रा सुरु गरेको कांग्रेसलाई २००७ सालमा प्रजातन्त्र स्थापना भएपछि नेपालमा खुला राजनीति गर्न सहज भयो । त्यसो त नेपाली कांग्रेसकै अगुवाइमा २००७ सालमा नेपालमा प्रजातन्त्र स्थापना भएको थियो । प्रजातन्त्रको स्थापनापछि जेलमा रहेका कांग्रेसका स्ंथापक नेता विपी कोइराला लगायतका नेताहरु रिहा भए । चार पटकसम्मको महाधिवेशन भारतमा भएको नेपाली कांग्रेसको पाँचौं महाधिवेशन नेपालमै भयो ।
२००९ सालमा जनकपुरमा भएको कांग्रेसको पाँचौं महाधिवेशनले सभापपितमा विपी कोइरालालाई चयन गर् यो । मातृका प्रसाद कोइराला गणेशमान िसंह सुवर्णशमशेर जस्ता संस्थापक नेताहरु सदस्यमा चयन भए ।
नेपाली कांग्रेसको छैटौं महाधिवेसन २०१२ सालमा विरजाजमा भयो । विश्वेश्वरप्रसाद कोइरालाको समाजवादलाई कांग्रेसले यहि महाधिवेशनबाट पारित गरेर अवलम्वन गर्दै आएको छ । जसको कार्यान्वयन कांग्रेसको १२ महाधिवेशनको समेत मुख्य एजेण्डा बनेको छ । यहि महाधिवेशनबाट सदस्यमा चयन भएका कांग्रेस नेता गिरीजा प्रसाद कोइराला सबैभन्दा लामो समयसम्म कांग्रेस नेतृत्वमा रहे । विपी कोइरालापछि कांग्रेसको नेतृत्व सम्हालेका कोइराला कंग्रेसको स्थापनाकालमा भने भारतमा कम्यूनिष्ट विचारधारा समर्थित विद्यार्थी संगठनमा आवद्ध थिए । पछि कोइरालाकै नेतृत्वमा सुरु भएको विराटनगर जुटमिल आन्दोलन चर्चित भएपछि कोइराला कांग्रेस मुलधारमा रहिरहन सफल भएका थिए ।
२०१४ सालमा विराटनगरमा कांग्रेसको विशेष महाधिवेशन भयो । समाजवादको सिद्धान्तका कारण चर्चाको शिखरमा रहेका विपी कोइराला विशेष महाधिवेशनबाट पुन कांग्रेस सभापतिमा चयन भए । कांग्रेसको सातौं महाधिवेशन २०१७ सालमा राजधानी काठमाडौंमा भयो । सातौं महाधिवेशनमा पनि विपी कोइराला नै सभापतिमा चयन भए । महाधिवेशनले कोषाध्यक्षमा श्रीभद्र शर्मा चयन गर् यो । त्यहि महाधिवेशनबाट कांग्रेसमा २९ जना केन्द्रीय कार्यसमिती सदस्य चयन भए । त्यसलगत्तै महेन्द्रले दलहरुमाथि प्रतिवन्ध लगाएर पाचायती शासन ब्यवस्था सुरु गरेपछि काग्रेसका संस्थापक नेताहरुलाई पनि जेल चलान गरियो । राजाले शासन हातमा लिएपछि तीन दशकसम्म कांग्रेसको आठौं महाधिवेशन हुन सकेन । भारत भ्रमणमा रहेका कारण जेल पर्नबाट जोगिका नेता सुवर्णसमशेरले भातबाटै पार्टीका गतिविधीहरु भने साचालन गरिरहे । पछि विपी कोइराला लगायतका नेताहरु पनि प्रवासी बनेर भारतमै पुगेपछि कांग्रेस राजनीतिक र वैचारीक कार्यहरु भने जारी नै रहे । २०३३ सालमा विपी कोइराला राष्ट्रिय मेलमिलापको नीति लिएर स्वदेश फर्किए । तर उनीलाई अन्तराष्ट्रिय विमानस्थलबाटै गिरप्तार गरेर सुन्दरीजलमा बन्दी बनाईयो । त्यस बेलासम्म नेपालमा नेपाल कम्यूनिष्ट पार्टी माक्स्रवादी लेनीनवादी र नेकपा माक्स्रवादीले पाचायती शासनविरुद्ध भूमिगत प्रचार-प्रसार सुरु गरिसकेका थिए ।
अवस्थ्यताका कारण रिहा भएपछि विपी कोइरालाले २०३४ सालमा भारतको पटनामा सम्मेलन गरेर कार्यवाहक सभापतिको जिम्मेवारी कृष्णप्रसाद भट्टराईलाई सुम्पिए । गिरीजाप्रसाद कोइराला महामन्त्री बने । २०३८ सालमा विपी कोइरालाको निधनले नेपाली कांग्रेसलाई ठूलो क्षति पुग्यो । मुलुकमा प्रजातन्त्रको पुर्नवहालीपछि २०४८ फागुनमा झापामा कांग्रेसको आठौं महाधिवेशन सम्पन्न भयो । आठौं महाधिवेशनबाट कार्यवाहक सभापति कृष्णप्रसाद भट्टराइ नै सभापतिमा निर्विरोध निर्वाचित भए । १२ औं महाधिवेशनका सभापतिका उम्मेदवार शेरबहादुर देउटा र भीमबहादुर तामाङ दुवैजना आठों महाधिवेशनबाटै केन्द्रीय सदस्यमा चयन भएका थिए । अर्का उम्मेदवार शुशिल कोइराला भने २०३४को पटना सम्मेदनबाटै केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए । महाधिवेशनले गशेणमान िसंहलाई सर्वमान्य नेता चयन गर् यो । २०४८ सालको आम निर्वाचनमा कांग्रेसले स्पगट बहुमत ल्याएपछि आठौं महाधिवेशनताका कांग्रेस नेता गिरीजा प्रसाद कोइराला प्रधानमन्त्री थिए । सभापति भट्टराईले २०४९ सालमा केही केन्द्रीय सदस्यहरु हेरफेर गरे ।
कांग्रेसको नवौं महाधिवेशन २०५३ सालमा काठमाडौंमा भयो । महाधिवेशनबाट गिरीजा प्रसाद कोइराला सभापतिमा निार्वाचित भए । पहिलो पटक उपसभापतिमा शैलजा आचार्य चयन भइन् । अहिले कांग्रेसमा रहेका अधिकांश पाका नेताहरु यहि महाधिवेशनबाट केन्द्रीय राजनीतिमा प्रवेश गरेका थिए । तर २०५४ सालको कार्तीकमा भएको महासमिति बैठकमा अधिकांश केन्द्रीय सदस्यहरुले राजीनामा गरेपछि कोइरालाले पुन पदाधिकारी र सदस्यहरु थप गरे । पुन माघ १२ गते केन्द्रीय समितिमा केही हेरफेर भयो । २०५५ असोज २० गते पदाधिकारी सहित कार्यसमितिमा केही हेरफेर गरे । २०५६ सालको साउन १० गतेपनि कार्यसमितिमा हेरफेर भयो ।
लामो समयपछि कांग्रेसको दशौं महाधिवेशन २०५७ सालमा पोखरामा भयो । १०औं महाधिवेशनबाट पनि सभापतिमा कोइराला नै मनोनित भए । कांग्रेसमा मनोनित गर्ने परम्परा तोड्दै पहिलो पटक १८ जना केन्द्रीय सदस्यहको लागि निर्वाचन भयो । लामो समयसम्म कोइरालको नेतृत्व र कांग्रेसमा परिवारवाद हावी हुँदा कांग्रेसमा आन्तरीक असन्तुष्टि बढ्दै गयो । आन्तरीक मतभेद चरम चुलिमा पुगेपछि अन्तत २०५९ असोजमा कंगेस औपचारीक रुपमा कांग्रेस पुट्यो । शेरबहादुर देउवाले नेतृत्व गरेको कांग्रेसमा संस्थापक नेता गणेशमान िसंहका छोरा प्रकाशमान िसंह गोपालमान श्रेष्ठ चिरन्जीवी वाग्ले डा। मिनेन्द्र रिजाल जस्ता नाम कहलिएका नेताहरु प्रवेश गरे । कांग्रेका करिब ४० प्रतिशत नेताहरु देउवाको नेतृत्वमा गए भने ६० प्रतिशत नेताहरु कोइराला नेतृत्वको कांग्रेसमै रहे ।
२०६१ फागुनमा तय गरिएको कांग्रेसको माघ १९मा तत्कालीन राजाको संवैधानीक ुकु पछि महाधिवेश अपिनश्चित बन्यो । २०६२ फागुन अन्तिम साता कांग्रेस संंस्थापन पक्षको महाधिवेशन भयो । २०६२ भदौ १ देखि चार गतेसमम ललितपुरमा भएको ११औं महाधिवेशनले तीन बर्षका लागि पार्टी सभापति गिरीजा प्रसाद कोइरालालाई नै पार्टी सभापपतिमा चयन गर् यो । त्यही बर्ष दलेवा पक्षको कांग्रेस प्रजातान्त्रीकको पनि महाधिवेशनसम्पनन भयो । संविधानसभाको निर्वाचनको पूर्वसन्यामा अन्तत २०६४ असोज ९ गते दुवै कांग्रेसबीच एकीकरण भयो । कांग्रेसमा नितीगत र संगठनिक रुपमा एकीककरण भएपनि भावनात्मक एकीकरण हुन सकेन । एकीकरणपछि शेरबहादुर देउवा पार्टीमा बरिष्ठ नेता भए । एकीकरणमा पदीय बाँडफाँडबाट असन्तुष्ट बनेका कोषाध्यक्ष महन्थ ठाकुर नेताहरु विजयकुमार गच्छदार जेपी गुप्ता लगायतले पार्टी परित्याग गरे । जसले कांग्रेसलई ठूलो धक्का लाग्यो ।
त्यो धक्का जब महशुष भयो तब संविधानसभा निर्वाचनमा नेपाली कांग्रेस निकै ठूलो मतअन्तरमा दोश्रो स्थानमा चिक्त बुझाउन वाध्य भयो । २०१५ सालको आम निर्वाचनमा दुई तिहाई बहुमत २०४८ र ०५६ को आम निर्वाचनमा प्रचण्ड बहुमत हासिल गरेर सबैभन्दा लामो समयसम्म सत्तामा समेत रहेको कांग्रेसका लागि त्यो एउटा दुखद घडि थियो । २०६६साल चैत्र ७ गते कांग्रेस सभापति गिरीजाप्रसाद कोइरालाको निधन भयो । तयो नेपाली कांग्रेस र नेपालको राजनीतिक इतिहासकै लागि एउटा ठूलो धक्का थियो । सभापति कोइरालाको निधनवपछि कार्यवाहक सभापति शुशील कोइराला बरिष्ठ नेता शेरबहादुर देउवा र उपसभापति रामचन्दं्र पौडेलले सामुहिक नेतृत्व शैलीमा कांग्रेसलाई १२ महाधिवेशनसम्म डोहोर् याए । र २०६७ असोज १ देखि ५ सम्म काठमाडौंमा भएको महाधिवेशनबाट शुसील कोइराला सभापतिमा चयन भए । बरिष्ठ नेता शेरबहादुर देउवा ३ ३५ मतले पराजीत भए । महामन्त्रीमा कोइराला पक्षका प्रकाशमान िसंह र कोषाध्यक्षँमा देउवा पक्षकी चित्रलेखा यादव निर्वाचित भए । विपी कोइराला गणेशमान िसंह टंक प्रसाद आचार्य र गिरीजा प्रसाद कोइराला जस्ता नेताहरुले देखाएका सत् मार्ग यसका नेता र कार्यकर्ताले कहिल्यै नभुलुन् । हरेक कांग्रेसजनको चाहाना त्यही पाइएको छ ।

No comments:
Post a Comment